कोरोना भाइरसको लक्षणहरु | Coronavirus Symptoms in Nepali (COVID19)

Kalpana

कोरोना भाइरसको लक्षणहरु (Coronavirus Symptoms):

कोरोना भाइरस लागेको 2 दिन देखि 2 हप्ता भित्रमा यस्ता लक्षणहरु देखिन सक्छन  ।
  1. स्वास फेर्न गाह्रो हुने
  2. खोकी लाग्ने (कसैलाई सुख्खा खोकी पनि लाग्न सक्छ ) 
  3. समय संग सङ्गै खोकी लाग्ने क्रम बढ्दै जाने  
  4. सुरुमा साधारण ज्वरो आउने र के ही घण्टा वा दिनको फरकमा समय सङ्गै ज्वरो बढ्दै जाने र गम्भिर स्थितिमा पुग्ने
  5. कोरोना भाइरसले बढी चेप्दै गए स्वास फेर्न निकै गाह्रो हुने 
  6. ओठ वा अनुहार निलो  हुने
  7. छातिमा दुखाई र दवाब बढ्ने
  8. सोचाईमा उलझन (Confusion) आउँने निन्द्रा मा कमी आउँने र निंद्रा नलाग्ने

कोरोना भाइरसको साधारण लक्षणहरु :

  • नाकबाट पानी बग्ने
  • नाक चिलाउने
  • खोकी लाग्ने
  • टाउको दुख्ने
  • हाच्छिउँ आउने
  • घाँटीमा दुखाइ हुने 
  • स्वर भासिने
  • थकान महसुस हुने
  • जाडो नहुँदा पनि जाडो महसुस हुने
  • काम ज्वरो जस्तै शरीर काम्ने
  • जिऊ दुख्ने आदी
कोरोना भाइरसको लक्षणहरु व्यक्तिअनुसार फरक फरक देखिने गरेको कुरा विश्व स्वास्थ्य संगठनले जनाएको छ. शरीर को रोग प्रतिरोधात्मक क्षमता अनुसार कोरोनाले कसलाई कति असर गर्छ भन्न सकिन्न. 

दिर्घ रोगीलाई धेरै असर गर्न सक्छ भने स्वस्थ्य व्यक्तिलाई हल्का जोरो बाहेक के हि लक्षणहरु नदेखिने वा शरीरमा कुनै असर नगरी आफैं ठिक हुन पनि सक्ने कुरा विभिन्न अन्तराष्ट्रिय स्रोतहरुले अनलाईनमा प्रस्तुत गरेको छ. 

तर यि लक्षण देखिँदैमा कोरोना लाग्यो भनेर आत्ती हाल्नु पर्दैन.  यि लक्षणहरु सामान्य रुघा मार्गी लाग्दा पनि आएको हुन सक्छ. 

तर साधारण नै हो भनेर ढुक्क भएर नबस्नु राम्रो हो. अहिलेको यो महामारीको समय यस्ता किसिमका लक्षणहरु कोरोना भाइरसको पनि  हुन सक्छ । 
यस्ता लक्षणहरु देखिए र ब्यक्तिगत स्थिति गम्भिर हुँदै गए तुरन्तै घरमा सेफ्टी अपनाई मेडिकल चेक गर्न जानु पर्दछ। 

कोरोना भाइरसको अन्य ३ लक्षणहरु

  1. सुघ्ने क्षमतामा कमी आउनु
  2. स्वाद थाहा पाउने क्षमतामा कमी आउनु
  3. न्युरोलोजिकल असर हुनु
Our website uses cookies to enhance your experience. Learn More
Accept !