यदि हामी स्वास्थ्य रहन चाहान्छौ भने यी खानालाइ धेरै हद सम्म ध्यान दिनु पर्ने हुन्छ नत्र भोली कुन रोग बाट थला परिने हो पत्तो हुन्न त्यसैले बेलैमा सचेत रहनु अतिनै जरुरी हुन्छ ।
मृगौला लाई सिधै ड्यामेज बनाउने खानाहरु के के हुन् ?
सर्वप्रथम नुन अथवा सोडियम :- नुनमा सोडियम को मात्रा बढी हुने गर्दछ । सोडियमको मात्रा शरीरमा बढ्ने बितिक्कै किड्नी मै पहिलो असर गर्न सुरु हुन्छ । हाम्रो खानाहरु मा नेचुरल सोडियम को मात्रा हुन्छ । त्यसैले धेरै सोडियम को खपत गर्नु किड्नीको लागी खतरा हुन्छ । एउटा जवान मानिसले दिनमा १ चम्चा नुन अर्थात ६ ग्राम नुन खानु भनिन्छ । ६ ग्राम नुन मा २.४ ग्राम सोडीयम पाइन्छ । २.४ ग्राम सोडियम एकदिनको लागी एउटा जवान मानिसको लागी प्रसस्त हुन्छ । त्यसैगरी बाल बच्चाहरुको उमेर अनुसार नुन खानु पर्छ । साना ३ वर्ष सम्म का बालबालिका ले ०.८ ग्राम सोडियम अर्थात् २ ग्राम जती नुन खानुपर्छ । ३ वर्ष बाट माथिका बालबालिकाले ३ ग्राम नुन अर्थात १.२ ग्राम नुन खानुपर्दछ । १ वर्ष मुनिका बालबच्चा हरुलाई धेरै नुनिलो खानाहरू पटक्कै खुवाउनु हुदैंन । उनिहरुको मृगौला राम्रो सँग विकास भै सकेको हुदैंन र धेरै नुन उनीहरुको किड्नीले लिन सक्दैन । जसकारण सानैबाट किड्नी को रोग लाग्न सक्छ । आमाको दुध खाइरहने बच्चाले दुध बाटै नुनको मात्रा भिटामिन को मात्रा मिनरल्सहरु पाएको हुन्छ । त्यसैले यदि तपाई महिला हुनुन्छ र बच्चा लाई दुध पिलाउने गर्नु हुन्छ भने धेरै सोडियम को मात्रा भएका खानाहरू वा धेरै चर्को नुन भएको खाना कदापि नखानु होला ।अन्य भिडियो :
चिनी बाइट सुगर :-
चिनि हामि सबैले खाने गर्दछौं । फलफुल बाट पाइने प्राकृतिक सुगर ले हामिलाई इनर्जी दिन्छ । इनर्जी को लागी रगतमा चिनिको मात्रा हुनै पनि पर्छ । तर कम्पनीबाट बनाएको सेतो चिनि ओभर डोज खाइयो भने मृगौला को फिल्टरलाई ड्यामेज गर्ने सम्भावना धेरै हद सम्म बढी हुन्छ । तपाँईले खाने हरेक फलफुलमा, भेजिटेवलमा , प्राकृतिक सुगर को मात्रा हुन्छ र यहि सुगर को मात्रा मात्रै पनि हाम्रो शरीर को लागि चाहिने सुगर प्रयाप्त हुन्छ र यसैले हाम्रो शरीरको लागी इनर्जी प्रदान गर्दछ । हरेक चिजमा चिनि हालेर खानु राम्रो हुदैंन । यदि तपाइले चिनि धेरै खानुभयो भने रगतमा चिनि को मात्रा बढ्दछ र शरीरले कन्टोरल गर्न सक्दैन । अहिले को समयमा चिनि खपत अत्याधिक बढी भएकै कारण धेरै मानिसहरू रोगी हुन थालेका छन । तपाँईले हरेक पटक पिसाब गर्दा सुगर को मात्रा निस्कन्छ ।
सोडा अथवा सोडा जन्य पेय पदार्थ र अल्कोहल :-
सोडा जन्य पेय पदार्थ पेप्सी, कोकाकोला, इनर्जी ड्रिंक्स, रेडबुलहरु आदि जस्ता पेय पदार्थहरु धेरै खाने बितिकै किड्नीमा सोझै असर पुर्याउँदछ । पेय पदार्थमा चिनि को मात्रा अत्याधिक बढी हुन्छ र साथमा शरीर को सोचाइको मात्रा पनी अत्याधिक रहेको हुन्छ । यदि नियमित पेप्सी वा सोडा जन्य पदार्थ पिउनुहुन्छ भने तपाँईलाई किड्नी मा स्टोन हुन थालिहाल्छ । के हि मानिसहरु रमाइलो र ठण्डा को लागि कोल्ड ड्रिंक पिउछन भने के हि मानिसहरू इज्जत देखाउनको लागी पेप्सीहरू, इनर्जी ड्रिङकहरू पिउने गर्दछन । तर त्यसको सट्टा मा १ बोतल शुद्ध पिउने पानी पिएर हेर्नुहोस तपाँईलाई कती फाईदा पुर्याउँछ । त्यसैले सोडा जन्य कार्बोनेटेड वाटरहरू पेय पदार्थहरू दिनँहु नपिउनुहोस् । तत्काल मा केही हुदैंन तर पछी गएर स्टोन को समस्या देखिन थाल्छ । कहिले काही मात्र हो भने पिउन सक्नु हुन्छ तर यदि दैनिक नै पिउनु हुन्छ भने चै अवस्य विचार गर्नुहोस । त्यस्तै गरी अर्को अल्कोहल (दारु, चुरोट, खैनी ) यी मृगौला को दुश्मनी हुन् । जब सम्म मृगौला ले यी दारु, चुरोट, खैनी संग लडन सक्छ त्यतिन्जेल त के हि हुदैन तर कुनै एक दिन मृगौलाको थोरै मात्र लड्ने छ्यमता घट्यो भने त्यसपछि यी पदार्थ ले मृगौलालाइ पेल्न सुरु गर्दछ र स्टोन हुने वा मृगौला नै ड्यामेज हुने सम्भावना बढ्दछ । याद गर्नुहोस बढी रक्सि पिउने व्यक्तिलाई मृगौला को स्टोन भएकै हुन्छ भने यस मध्ये का को हि को मृगौला नै ड्यामेज भएर ज्यान नै त्यागी पनि सकेका छन् ।
दिनहु माछा,मासु र बढी अन्डा खाने गर्नाले किड्नीलाई ड्यामेज गरिदिन सक्छ । यी खानामा अन्डामा उच्च मात्रामा प्रोटिन र फस्फोरस हुन्छ । हाईप्रोटीन, र हाईफस्फोरस बढी भएका खानाहरू किड्नी ले छान्न सक्दैन । किड्नीलाई अत्याधिक भार पर्दछ हाई प्रोटिन फिल्टर गर्नलाई र किडनी ड्यामेज हुने सम्भावना धेरै हुन्छ । माछा मासु अत्याधिक खाने मानिसहरुमा किड्नी को समस्या हुन्छ । त्यसैले गर्दा खानामा सागपातलाई धेरै ध्यान दिनुपर्दछ । माछा मासु पनी खानुपर्दछ तर ठिक्क लिमिट मा खानुपर्दछ । यी खानाहरूलाई सुधार गर्न सके तपाँईको मृगौला स्वस्थ्य रहन्छ । अण्डा शरिर को लागि अति नै फाइदा जनक हो तर आवस्यकता भन्दा बढी दैनिक खादा नेगेटिभ प्रतिकिया हुन सुरु गराउदछ । त्यसैले हरेक खाना खादा तरिका मिलाएर खाने गर्नु पर्दछ । शरीर मा कोलेस्ट्रोल बढि छ भने अण्डा खादा भित्र को पहेलो भाग फ्याकेर सेतो भाग मात्र खानु पर्दछ । कोलेसट्रोल बढी भएको शरीरलाई अण्डा भित्रको पहेलो भाग ले मृगौलालाई असर गर्दछ । त्यसैले कोलेस्ट्रोल भढी भएको ब्यक्तिले अण्डा भित्र को पहेलो भाग फ्याकेर खानु पर्दछ ।
क्याफिन पाइने खानाहरू :-
चिया,कफी,इनर्जी ड्रीक,सोडाहरू मा धेरै क्याफिन पाइन्छ । क्याफिन भनेको एक किसिमको उत्तेजक रसायन हो । जसले मस्तिस्कलाई उत्तेजक बनाइदिन्छ र हामिलाई फ्रेस भएको जस्तो लाग्छ । चिया, कफी, इनर्जी ड्रिंक्स पिउदा निन्द्रा नलाग्ने कारण नै यही हो । क्याफिन ले मृगौलामा रक्त सँचार बढाई दिन्छ, रगतको Flow बढाइदिन्छ र मृगौलामा स्टोन हुने वा ड्यामेज हुने सम्भावना धरै हुन्छ ।
हामीले यस्ता खानहरुको सेवन कम गर्नुपर्छ । कम खाने गर्नुपर्छ । किड्नी को समस्या भएपछी वा किड्नी ड्यामेज हुन सुरुभए पछी यसको उपचार गर्न महँगो रुपैया खर्च गर्नु पर्दछ र उपचार गर्नु भन्दा मर्नु नै उचित भनी उपचार नै नगरी बस्नुपर्ने अवस्था पनि आउन सक्छ । अहिले मानिसहरूलाई रोग लाग्ने प्रमुख कारण नै खाना हो । हरेक खानामा बिषादी रसायन पाइन्छ ति बिषादी रसायन खानाको माध्यमबाट रगत हुँदै अन्तिममा मृगौलामा पुग्दछन । हामीले पानी देखी लिएर धान,चामल सम्म बिषादी र रसायन युक्त खाना खाई रहेको छौं । त्यसै कारणले गर्दा हामी दिनानुदिन रोगी बनिरहेका छौं । मृगौला फेल हुने रोग यस्तो रोग हो जुन सुरुमा कुनैपनी लक्षणहरु देखिदैनन,जब एक तिहाई भन्दा बढी ड्यामेज भै सक्छ तब मात्र हामिलाई किड्नी ड्यामेज भएको महसुस गर्न सुरु गर्छौं । त्यसैले जुनसुकै खानाहरू खाने बानिलाई हटाउनुपर्छ । पानी धेरै पिरहनुपर्दछ । स्वस्थ खाना,सन्तुलित ताजा,फलफुलहरु धेरै खाने गर्नुपर्दछ ।
हामीले मृगौला फेल हुने सबै कारण खानपिनलाई मात्रै दोष दिएर पनि हुदैंन । मृगौला फेल हुने कारणहरू अरु पनी छन । त्यस्को बारेमा पनी बुझौ । मृगौला फेल हुने मुख्य कारण डाइबिटिज र हाइ ब्लड प्रेसर पनि हो । यी दुइवटा रोगले किड्नी लाई ड्यामेज गरिदिन्छ साथै किड्नी ड्यामेज हुने अरुपनी रोगहरु र कारणहरू पनि रहेका छन । हाई ब्लड प्रेसर हुने मानिसले आफ्नो प्रेसरलाई धेरै ध्यान दिनुपर्छ ।
शरीर को रोग प्रतिरोधक क्षमता बिग्रेपछी मृगौलामा भएका सेलहरूलाई असर गर्दछ र मृगौला खराब हुने गर्दछ । त्यसैगरी तपाँई जन्मदा नै तपाँईलाई मृगौला सम्बन्धी समस्या भएको थियो भने पनि मृगौला खराब हुन्छ । जेनेटिक रोग जुन जन्मदा नै मृगौलामा पत्थरी जस्तो cyst छ भने त्यो पछी गएर बढेर मृगौलालाई ठुलो साइज बनाइदिने गर्दछ र मृगौला डयामेज हुन्छ । त्यसैगरी पिसाब नली मृगौला भित्रबाट पिसाब थैलिमा आएको हुन्छ । उक्त पिसाब नलिमा सङ्क्रमण हुँदापनी मृगौला खराब हुन्छ ।
कहिले काँही मृगौलाले अचानक काम गर्न बन्द गरिदिन्छ । यसरी एक्कासी मृगौलाले काम गर्न बन्द गर्दा पछाडी तिर कोखा दुख्ने,ज्वरो आउने,पखाला लाग्ने,बमिट हुने,पिसाब एकदमै कम आउने,खुट्टा,तिघ्रातिर सुनिने, छाति दुख्ने,धेरै गल्ने,कन्फयुज हुने,जस्ता लक्षण देखिन्छन । यी लक्षण देखिए तुरुन्तै हस्पिटल गई चेक गरी हाल्नुपर्दछ ।
मृगौलाले अचानक काम गर्न किन बन्द गर्दछ ? त्यो पनि बुझौं है ।
मृगौलाबाट पिसाब थैलीसम्म आउने पिसाब नली बन्द भैदियो भने किड्नी ले अचानक काम गर्न बन्द गर्दछ । त्यसैगरी मृगौलामा रगत जमिदियो भने मृगौलाले काम गर्न बन्द गर्दछ ,मृगौलामा रहेका रक्तनलीहरू बन्द भइदिए भने, काम गरेनन भने पनी मृगौला ले काम गर्न बन्द गर्दछ । मृगौलामा प्रसस्त मात्रामा रक्तसञ्चार हुन नसकेर वा ब्लड प्रेसर अत्यन्तै कम भैदियो भने पनी मृगौलामा रक्तसँचार हुन सक्दैन र अचानक मृगौला ले काम गर्न बन्द गरि दिन्छ । धेरै रगत बग्यो भने,मुटुरोग हुँदा,आगोले धेरै पोल्दा, कलेजो ले काम नगर्दा, शरीरमा पानी को मात्रा पुरै घट्दा, धेरै पखाला लाग्दा पनि मृगौलाले अचानक काम गर्न बन्द गरिदिन्छ । तर तुरुन्तै हस्पिटल पुग्न सके यो समस्या ठिक हुन्छ र पहिलाको जस्तै मृगौलाले काम पुन गर्न सक्छ । यस्जतो अवस्था मा सक्दो चाँडो हस्पिटल पुग्नुपर्छ । एक्कासी मृगौला ले काम गर्न बन्द गर्नू भनेको केही इमरजेन्सी अवस्था आएपछि यस्तो हुन्छ र हस्पिटल गएर उपचार गरेपछी पुन ठिक हुन्छ ।तपाइलाई यस नेपाली हेल्थ मिडिया ले स्वास्थ्य सम्बन्धित अति नै महत्वपूर्ण जानकारी मुलक बिषयबस्तु मात्र प्रदान गर्दछ | त्यसैले हाम्रो काम पब्लिश गर्ने र तपाइले चै सेयर गरि दिएर सबै समक्ष ज्ञान को प्रकास छर्दै सबैलाई निरोगी हुन् को निमित्त सहयोग गर्नुहोस् | तपाइको एक सेयर ले धेरै लाई नया ज्ञान प्राप्त हुदछ त्यसैले तपाईले चलाउने हरेक संजाल मा सेयर गर्न नभुल्नु होला | धन्यवाद