मकैको खोया खाँदा यति धेरै फाइदा | Corn Benefits in Nepali

Kalpana

Diabetes, Low Blood Pressure, मस्तिष्क रोग देखि Cancer सम्म फाइदा गर्ने आहार कलिलो खोया सहित को मकै 

तपाँईले कहिल्यै खोया सहितको कलिलो मकै को तरकारी वा सलाद खानु भएको छ ? यो जानकारी कलिलो खोया सहितको मकैको बारेमा रहेको छ । अति नै रोचक जानकारी रहेको छ कृपया अन्तिम सम पढ्नुहोस् ।

भिडियो : 

के तपाईलाई थाहा छ ? कलिलो खोया सहितको मकै खाँदा कती भिटामिन र मिनरल्स पाइन्छ ? के तपाँईले सुन्नुभएको छ कि विदेश तिर खोया सहित मकै खान्छन भनेर ? यदि सुन्नु भएको छैन भने पनि आज तपाईलाई बताउने छु कि  विश्वको ८० प्रतिसत  देशहरुमा सुकेको खोया को मिठो सुप / झोल बनाएर खान्छन ।

विश्व को ठुला ठुला सपिंग मलहरुमा कलिलो खोया सहितको मकै बेच्न राखिएको हुन्छ ।

विस्वभरिका मानिसहरुले खाने स्वस्थकर र पोसिलो एक भेजिटेवल कलिलो खोया सहितको मकै हो  । विश्वभरी कलिलो मकै को निर्यात तरकारी खान र सलाद खानको लागी नै गरिन्छ । हामीले पनी मकै उत्पादन गर्दछौं तर हामी खान जान्दैनौं । वास्तवमा कलिलो खोया सहितको मकैको तरकारी वा सलाद बनाएर खाने हो भने हामीलाई कुनै भिटामिन को खोजि गर्दै अन्य फल को त्यति आवस्यकता पर्दैन । यो मकै कलिलो हुन्छ । यो कलिलो भएको कारण राम्रो सँग पाक्ने हुदा मिठो र पोषिलो पनी हुन्छ । यसलाई हामिले कलिलो मकै वा दुधे मकै पनी भन्ने गर्छौं । यसको खोया सहित तरकारी को सुप बनाएर खाने गर्दा हाम्रो शरीरको लागी धेरै फाइदा दिन्छ यति मात्रै होइन मकैको तेल पनी हाम्रो शरीरको लागी अत्यन्तै फाइदाजनक हुन्छ  ।

 कलिलो मकै कसरी खाने ? खाँदा के के फाईदा हुन्छ ? र यसमा पाइने भिटामिन के के हुन् ? भन्ने बारेमा बुझौं
कलिलो मकै जस्लाई‌ अंग्रेजी मा Baby Corn भनिन्छ । यो मकै कलिलै मा टिपिन्छ । खोया बस्न थालेपछी टिप्ने गरीन्छ । घोगा लाग्न थालेको केही समयमा नै टिपेर फ्रिजमा भण्डारण गरिन्छ । कलिलो मकैमा स्टार्च को मात्रा कम हुन्छ र छिप्पेको मकैमा स्टार्च को मात्रा धेरै हुन्छ ।
कलिलो खोया सहितको मकै मा अत्याधिक मात्रामा घुलनसिल र अघुलनसिल फाइबर को मात्रा हुन्छ ।‌ घुलनसिल फाइबर ले तपाँईको शरीरको सुगर लेभललाई नियन्त्रण गरिरहन मदत गर्दछ । साथै यसले मुटु रोग को लागी पनी अति नै फाइदा पुर्याउँदछ । कलिलो मकैमा पाइने घुलनसिल फाइबर ले गर्दा तपाँईको पेट भरी रहेको जस्तो महसुस हुन्छ ,भोक कम लाग्छ र जे पायो त्यहि खान मन लाग्न पाउदैन र पाचन प्रकिया राम्रो हुन्छ ।वजन घटाउन चाहाने मानिस ले यो कलिलो मकै जहिल्यै खाने गर्नुपर्छ । कलिलो मकैमा क्यालोरी को मात्रा कम हुन्छ । जसले गर्दा वजन घटाउन ठुलो मद्दत गर्दछ ।

कलिलो खोया सहित को मकै खाँदा के के फाइदा हुन्छ ? 

  • एनिमिया रोग लाग्न बाट बचाँदउछ ।
  • मुटु को लागी राम्रो गर्दछ ।
  • आँखाको लागी राम्रो गर्दछ ।
  • खराब कोलेस्ट्रोल हटाउदछ  र शरीरमा राम्रो कोलेस्ट्रोल बढाउदछ ।
  • भिटामिन र मिनरल्स को राम्रो स्रोत हो खोया सहितको कलिलो मकै  ।
  • एन्टिअक्सिडेन्ट गुणले भरिपुर्ण हो कलिलो खोयासहितको मकै  ।
  • प्रोटिन को राम्रो स्रोत हो ।
  • पायल्स को बिमारी को लागी धेरै ठिक गर्दछ कलिलो खोया सहितको मकैले ।
  • ब्लड प्रेसर नियन्त्रण र डाइबिटिजलाई  नियन्त्रण गर्दछ ।
  • गर्भवति महिलाको लागी अति उतम‌ । 
  • कलिलो मकै Prebiotic Food हो  यसले पाचन प्रणालीमा धेरै फाइदा पुर्याउँदछ । 
  • तपाइको हड्डी र रगतलाई स्वस्थ बनाइरान मदत गर्दछ ।
  • एन्टीक्यानसर गुण पनी पाइन्छ साथै स्तन क्यानसर र पेट सम्बन्धी हुने क्यानसर बाट बँचाउदछ ।
तपाँईले दैनिक कलिलो खोया सहितको मकै को तरकारी वा सलाद खाने गर्नुभएमा तपाइको शरीरलाई चाहिने भिटामिन सी ,आइरन, भिटामिन ए म्याग्नेसियम,फस्फोरस फोलेट,प्रसस्त मात्रा मा पाउनुहुन्छ । भिटामिन ए आँखा को लागी र इन्फेक्सन बाट बचाउन को लागी,आइरन रगत बढाउनको लागी र शरीरभरी अक्सीजन सँचार गर्नको लागी ,म्याग्नेसियम ले शरिरको रगतमा ,मस्तिस्कमा,माँशपेसीमा रसायन को मात्रा मिलाउन को लागी र फस्फोरस हड्डी लाई  मजबुत बनाउन को लागी हो । यदि तपाइको वरपर कलिलो मकै पाइन्छ भने आजैबाट खान सुरु गर्नुहोस ।
अन्य भिडियो :

कलिलो खोया सहितको मकै निरन्तर खाने गरेमा तपाँईको आँखा को क्षमता अत्यन्तै राम्रो हुन्छ । कलिलो मकै मा पाइने Carotenoids र भिटामिन ए ले तपाँईको आँखाको लागी राम्रो गर्दछ र मोतिबिन्दु हुने समस्या बाट बचाँदछ । त्यसैगरी मकैमा Bioflavonoid पाइने भएकाले गर्दा कोलेस्ट्रोल घटाएर रगत सँचार लाइ बढाउँदछ ।

कलिलो खोया सहितको मकैमा फोलेट उच्च मात्रा रहेको हुन्छ । यसलाई Folic Acid पनि भनिन्छ । गर्भवती महिलाको लागी Folic Acid वा फोलेट अति आवस्यक हुन्छ । एनिमिया हुने वा रगत कमी हुने प्रमुख कारण भिटामिन B12 र फोलिक एसिड कमि भएर हुने गर्दछ । गर्भवती महिलाको लागी नभइनहुने भिटामिन Folic Acid हो । त्यसैले कलिलो खोया सहितको मकैको तरकारी वा सलाद आफ्नो खानामा खानु उत्तम हुन्छ । कलिलो खोया सहितको मकैलाई मासुको झोल बनाउदा त्यसमा हालेर सुप पिउने, वा अरू भेज आइटम मा मिसाएर सब्जी बनाउने वा सलादमा मिसाएर सलाद मसाला हालेर खान सकिन्छ । त्यसैगरी कलिलो खोया सहितको मकैलाई मिक्स्चर मा हालेर पिसेर पेस्ट जस्तो बनाएर पनी खान सक्नुहुन्छ ।
स्टर्ची खाना ले लामो समय सम्म इनर्जी दिइरहने गर्दछ ।
अन्य भिडियो :

कलिलो मकै खाने गरेमा तपाइको शरिरमा दैनिक मारिरहेको सेल्सहरुलाई बाहिर निकाल्न सहयोग गर्दछ ।  मरेका सेलहरु शरीरमा जम्मा भईरहयो भने क्यान्सरको ट्युमर बन्निन सुरु हुन्छ । कलिलो मकै खाने गर्दा शरिरमा भएका मृत केशिकाहरू निकाल्न मद्दत गर्दछ । क्यानसर को बिमारी लाई पनी उसिनेको मकै खानु राम्रो मानिन्छ । कलिलो उसिनेको मकैको खोया सहित खाने गर्दा तपाइको रोग प्रतिरोधात्मक क्षमता बढ्दछ ।
मकैमा थियामिन यानिकी भिटामिन1 पनि धेरै हुने भएकाले मस्तिस्क को लागी अतिनै राम्रो गर्दछ ।

नेपाली हेल्थ मिडिया ले अति नै रोचक र अति नै महत्वपूर्ण जानकारी मात्र पर्दान गर्दै आएको छ ।  तपाइँ हाम्रो दैनिक जीवनमा आउने स्वास्थ्य सम्बन्धित अनेकौं समस्या को राम्रो जानकारी दिन र स्वास्थ्य जीवन विताउन को लागि नेपाली हेल्थ मिडिया ले जानकारी प्रदान गर्दै सहयोग गर्दछ ।  कृपया यी जानकारी तपाइले चलाउने हरेक सामाजिक संजाल फेसुब्क फेसबुक ग्रुप, WhatsApp आदिमा सक्दो सेयर गरी सबै समक्ष जानकारी पुर्याउनुहोस् ।  तपाइको एक सेयर धेरै को लागि फाइदाकारी हुनेछ ।

Our website uses cookies to enhance your experience. Learn More
Accept !