डिप्रेसन भनेको के हो ? लक्षण, कारण र बच्ने उपाय

डिप्रेसन भनेको के हो ? लक्षण, कारण र बच्ने उपाय

डिप्रेसन भनेको के हो ?

डिप्रेसन भनेको के हो ? डिप्रेसन हुँदा कस्ता लक्षणहरू देखिन्छन् ? डिप्रेसन कसरी हुन्छ ? भन्ने बारेमा सम्पूर्ण  जानकारी तपाइले यस पोस्ट मार्फत थाहा पाउनु हुनेछ ।  अन्तिम सम्म पढी पुरा जानकारी लिन सक्नु हुनेछ ।

डिप्रेसन भन्ने बितिक्कै हामी  मस्तिस्क को क्षमता पुरै गुमाएको वा पागल भएको हो भन्ने सोच्दछौं । तर वास्तब मा त्यो होईन । डिप्रेसन जो कोहिलाई हुने एक मानसिक रोग हो । यो रोग प्राय आफ्नो जीवन को  फ्रस्टेसन बाट सुरुवात हुदछ । मानसिक रोग भन्ने बितिकै पागल नै हुनु पर्दछ भन्ने हुदैन किनकि पागल को स्टेज सम्म पुग्नु भनेको मानिसक रोग को अन्तिम चरण हो  ।  डिप्रेसन भएको सुरुको स्टेजमा  प्रस्टरुपमा आफैं थाहा पाउन सकिन्न किनकि डिप्रेसन हुदा पनि म सहि नै छु भन्ने महसुस गरिन्छ तर अरुले भने तपाइको व्यवहार परिवर्तन भएको थाहा पाउदछन तर तपाईलाई डिप्रेसन नै भएको भने भन्न सक्दैनन् तर तपाइँले गर्ने व्यवहार अनुसार तपाई परिवर्तन हुनु भएको वा तपाइको व्यवहार नराम्रो भएको वा कुनै पनि तपाइले अन्जान मा गरिने गलत व्यवहार ले तपाइँ निच स्वाभाव को व्यक्ति भनेर तपाईलाई गल्ति देख्ने गर्दछन तर जब तपाई डिप्रेसनको अझ बढी सिकार बन्दै जानु हुन्छ तब मात्र तपाइँ डिप्रेसन मा पर्नु भएछ भन्ने अरुले विचार गर्न सक्छन । तर तपाई आफुलाई भने म सहि नै छु र मलाइ के हि भएको छैन भन्ने लाग्दछ ।
कहिले काही सामान्य डिप्रेसन मा  हरेक मानिस पर्ने गर्दछ । तर यो डिप्रेसन भने त्यति ठुलो हुदैन २/४ दिन मा आफै ठिक हुने र हराएर जाने गर्दछ र हामि पुन फ्रेस महसुस गर्न सुरु गर्दछौं यस्तो  किसिम को डिप्रेसन लाई हामी कुनै पनि कुरा को फ्रस्टेसन भएको भनेर पनि बुझ्न सक्छौं । यो सामान्य डिप्रेसन हर कोहि लाइ भै रहने गर्दछ । यसको लागि कुर्ने औषधि को जरुरत नि पर्दैन आफैं के हि समय पछी हराउने गर्दछ । तर  यसरी सामान्य  डिप्रेसन मा परेको बेला के हि दिन मा डिप्रेसन कम भएन र झन् तनाब बढ्दै गयो भने  डिप्रेसन अझ बढ्ने सम्भावना हुन्छ ।

उदाहरण को लागि
तपाँई सँधै दुखि भइरहनुहुन्छ । निरास भइरहनु हुन्छ ।  कुनैपनी कामको ईच्छा रुची हराउदै जान्छ । एक्लै एकान्त मा बस्न मन लाग्छ । कसैले बोल्दा झंर्को लाग्छ वा  कसैसँग बोल्दा रिस उठ्ने वा झर्किने गर्नुहुन्छ । खानपिन मा ध्यान हराउछ ।  निन्द्रा कम लाग्ने र दिमाग मा बढी कुरा यानिकी ओभर थिन्किंग हुने  जस्ता लक्षणहरू डिप्रेसन हुन सुरु हुदा देखिने गर्दछन ।
अन्य भिडियो :

Depression एकप्रकारको मानिसक रोग हो जुन सामन्य, कमन  र गम्भिर प्रकार को हुन्छ ।  डिप्रेसन ले हामीलाई कहिले सुख दिन सक्दैन र सधैं दुखी मात्र बनाइ राख्दछ । डिप्रेसन बढ्नु सुरु भए पछी  हामीमा रमाइलो गर्ने मनोरन्जन गर्ने क्षमता मा कमी आउँछ र एक्लै बसेर बिभिन्न बिषयमा नकारात्मक सोच नकारात्मक व्यबहार देखाउन सुरु हुन्छ । दैनिक काम कृयाकलापमा पनि असर पर्दै जान्छ र कहिले काँही यो जीन्दगी  केही होईन भन्ने नकारात्मक सोचाईमा पुगी जीवन देखि नै हरेस खाएर आत्म हत्या को बाटो पनि रोज्न सुरु गर्न सक्छ  ।

सुखको जीवन बिताएका मानिसमा पनी डिप्रेसन हुन्छ । किनकी हाम्रो शरिरले एकप्रकारको हर्मोन उत्पादन गर्छ जसले गर्दा मनोरन्जन गर्ने,शरिरलाई खुसी दिने, यौन उतेजना जगाउने,रमाइलो गर्ने, समाजिक ब्यबहार राम्रो देखाउने ईच्छा जगाँउदछ  तर उक्त हर्मोनको उत्पादन कमी हुँदा हामिलाई डिप्रेसन हुन्छ रमाइलो गर्ने ,मनोरन्जन गर्ने इच्छा घटद्छ समाजमा हिडडुल गर्ने इच्छा हराउन थाल्छ र डिप्रेसन हुन्छ । डिप्रेसन  हिजो आज धेरैलाई भएको पाइन्छ । अहिले को समयमा डिप्रेसन कमन रोग भईसकेको छ । तपाँईले गर्ने काम, तपाँईले सोच्ने विषय सबैमा नकारात्मक असर पर्ने गर्छ । कुनैपनी व्याक्तिलाई‌ मानसिक तनाब धेरै परेको छ भने उसलाई डिप्रेसन हुने समभावना धेरै हुन्छ ।मानसिक तनाब कतिपय लाई‌ बिभिन्न समस्या को कारण ले पर्दछ र डिप्रेसन को अवस्था आँउदछ । तन्देरी उमेर मा माया प्रेम ले डिप्रेसन बनाउदछ त्यसै गरी पारिवारिक गतिविधी ठिक नहुँदा पनि डिप्रेसन हुने गर्दछ । व्यवहारीक कारण ले गर्दा पनि डिप्रेसन हुन्छ यस मध्य पनि  विशेष गरी लागु औषध को सेवन ले डिप्रेसन बढी हुने गर्दछ । लागु औषध ले डिप्रेसन गराउने प्रमुख कारण के हो भने जब हामि लागु औषध २/३ महिना बाट रेगुलर सेवन गरें सुरु गर्दछौं यसले हाम्रो शरीर मा विस्तारै विस्तारै खुसि दिलाउने हर्मोन को उत्पादन मा कमी गराउदै जान्छ । र रेगुलर लागु औषध सेवन गरी रहदा २ देखि ३ साल पछी खुसी दिलाउने हर्मोन मा धेरै हद सम्म कमि गराउदछ त्यसपछि हामीमा सकारात्मक भन्दा नकारात्मक कुरा बढी सोचाई हुन सुरु हुन्छ र डिप्रेसन हुने गर्दछ ।

डिप्रेसन भएको थाहा पाएपछी डाक्टर सँग परामर्स गरेर उपचार गरि हाल्नु पर्दछ । कतिपय मानिसहरू ले डिप्रेसन लाई यस्तो पनी रोग हुन्छ र ? भन्ने गर्दछन र उपचार नगरी बस्ने भएर बिमारी को अवस्था अन्तिम स्टेज मा पुगेको पाइन्छ ।

डिप्रेसन को लक्षणहरू:  डिप्रेसन हुँदा मानिसलाई कस्ता लक्षणहरू देखिन्छन् ? 

सँधै गरिरहेका काम प्रती मन नजानु ,वा गर्न मन नलाग्नु । कुनै रोचक विषयमा पनी ध्यान नलाग्नु ।
उदासी, निरास, डराएको जस्तो, एकोहोरो टोलाउने, साना साना कुरामा झर्किने,दिक्क लाग्ने, रिस उठ्ने, निन्द्रा लाग्न छोड्ने कि अति धेरै निन्द्रा लाग्ने, शरीर गलेको जस्तो हुने, शरीर स्लो हुने, हिड्दा पनि बिस्तारै, एकहोरो टाइपले हिड्ने दाँयाबाँया ध्यान नदिने, बोल्नु पर्दा पनी बिस्तारै बोल्ने, कमजोरी हुने, काम गर्न नसक्ने वा साना काम गर्नुपरे पनी धेरै बल लगाएर गर्नुपर्ने हुन्छ ।
अन्य भिडियो :

खाना खान मन नलाग्ने ,भोक नलाग्ने,साथै वजन घट्ने वा बढ्ने, धेरै चिन्ता लिने, ईच्छा आकाङ्क्षाहरू हराउने , बितेका कुनै घट्नाहरू वा असफल्ताहरू सम्झिएर म तेस्तो हुन सकिन,वा मैंले तेस्तो गर्न सकिन भन्ने भावनात्मक पश्चाताप गर्ने, बेकारका कुराहरू गरिरहने, सकारात्मक कुराहरूलाई वास्ता नगर्ने तर नकारात्मक कुराहरूलाई सम्झीरहने , गलत व्यवहारलाई सम्झीरहने, राम्रा कुरा याद नहुने गलत कुरा सधैं सम्झी रहेने र आँफै निर्णय मात्र सही लाग्ने अरुको गलत मात्र देखि रहने, घरमा मात्रै बसिरहने बाहिर कतै नजाने , सम्झिने क्षमता मा कमि आउने ,जस्तो कपडा लगाए पनि आफुले लागेको कपडा प्रति वास्ता नहुने, जीन्दगी केही होइन, यो जीवन मा बाँचेर केही गर्न सक्दिन मर्न पाए हुन्थियो भन्ने जस्ता नकारात्मक बिचारहरू धेरै आउने, मर्न मन लाग्ने अब बाँच्दिन होला भन्ने लाग्ने टाउको दुख्ने,शरीर दुख्ने, ढाड दुख्ने जस्ता लक्षणहृरू देखिए डिप्रेसन भएको लक्षण हुन् भनेर सोच्नु पर्दछ ।
हामीले सुरुमै बताएका छौं कि एक सामान्य व्यक्ति मा यसो भए सामान्य  डिप्रेसन पनि भएको हुन सक्छ र यो के हि घन्टा वा के हि दिन मा हराएर फ्रेस हुन् पनि सक्छ तर निरन्तर एक हप्ता भन्दा बढी यहि अल्झन मा परि रहयो भएन यो डिप्रेसन को गहिराइ मा फस्दै गेरको लक्षण हो । यसको उपचार को लागि एक त म डिप्रेसन मा पस्दै रहेको छु मैल बेला मेरो दिमाग को सोच लाई तुरन्त परिवर्न गर्नु पर्छ नत्र गम्भीर मा पर्न सक्न्छु भनेर  गलत क्रियाकलाप बाट टाढा भाग्न आफुले आफैलाई फोर्स  गर्नु पर्ने हुन्छ र रमाइला मुभी, motivational video हेर्ने, रमाइला फिल्म हेर्ने, मनोरंजन गर्न तिर बढी ध्यान केन्द्रित गरी मस्तिस्क मा उत्पन्न भै रहेको गलत सोच ल्याउने हर्मोन लाइ कन्ट्रोल गरी उर्जा दिने किसिम को हर्मोन लाइ जगाउँन र एक्टिभ बनाउन जरुरी हुन्छ । वा मस्तिस्क सम्बन्धित डाक्टर कहाँ गइ यसको तत्काल उपचार गर्नु पर्ने हुन्छ । डाक्टर ले पनी यहि गलत सोच आउने हर्मोन लाई औषधी मार्फत कन्ट्रोल गराई उर्जा र खुसि दिलाउने किसिमको हर्मोन रिलिज गराउने औषधी मार्फत निन्द्रा लगाउने र गलत कार्य भुलाउने जस्ता औषधी उपचार गरी तपाइको उपचार गरिएको हुन्छ ।

स्कुल कलेज पढ्ने उमेरका युवाहरुमा सर मिसको कारण वा अन्य विभिन्न कारण ले गर्दा डिप्रेसन हुन सक्छ । दु:खी हुने, मन खुशी नहुने, स्कुल, कलेज जान मन नगर्ने, वजन घट्ने, नकारात्मक कुराहरू गर्ने, कक्षाकोठामा कमजोर हुने, पढाएका, भनेका कुराहरू नबुझ्ने, पढ्न मन नगर्ने, विभिन्न गलत खानेकुराहरू खाने, सामाजिक कार्यमा सहभागी नहुने, दैनिक गर्ने काम गर्न छोड्ने,जस्ता लक्षणहरु देखिन्छन ।

कसैलाई स्कुलमा, घरमा काम गर्दाको समयमा ,सामाजिक व्यवहारमा,मानिस दुखी भएको हुन्छ । यो सामान्य हो तर यदी सँधै व्यक्ति निरास भइरहने, दुखी भइरहने, उदास हुने, खानपान मा ध्यान नदिने जस्ता ब्यबहारहरु देखिए भने तुरुन्तै उसको समस्या को बारेमा बुझ्न जरुरी हुन्छ । के भएर यस्तो भएको हो ? भन्ने बारेमा बुझ्नु पर्दछ । यदि तपाइलाई नकारात्मक भावना मात्रै मन मा आउछ भने तपाँईले पनी छुट्याउन सक्नुहुन्छ कतै डिप्रेसन को लक्षणहरू देखि रहेका हुन् कि ? यदी गाह्रो परे  वा  कुनैपनी समस्या परेमा साथीहरू सँग सेयर गर्दा समस्या को समाधान निस्कन्छ र सोचाई कम हुन्छ ।‌

किन र कसरी  हुन्छ  डिप्रेसन ?

डिप्रेसन ठ्याक्कै यही कारण ले हुन्छ भन्ने हुदैंन । तर मस्तिस्क सम्बन्धी समस्या  मेन्टल डीसअर्डर गराउने केही तथ्यहरू यस्ता छन् ।

मस्तिस्कको रसायनिक पदार्थ मा  कमी हुनसाथ डिप्रेसन हुन्छ । मस्तिष्कमा पाइने विभिन्न रसायनहरू सेरोटोनिन, इपिनैफरिन, तथा डोपामिनको को कमि हुँदा यस्तो हुन्छ । यी रसायन तत्वहरु ले हामीलाई खुसि, सकारात्मक सोच र उर्जा दिने किसिम को सोचाइ उत्पादन गर्ने हुन् । र जब यी रसायन मा कमि आउदछ तब हामी मा खुसि र सकारात्मक सोच को कमि हुन्छ र नाकारात्मक सोच को मात्र फिलिन्ग्स बढेर हामीलाई डिप्रेसन हुने गर्दछ ।
अन्य भिडियो :

सानातिना समस्याहरू दुर्घटनाहरू सहन नसकेर पनी डिप्रेसन हुन्छ । जैविक अन्तर ले मानिसको मस्तिस्क मा भएको शारीरीक परिवर्तन को कारण ले गर्दा पनि डिप्रेसन हुन्छ । मस्तिस्कमा प्राकृतिक रसायनहरू न्युरोट्रान्समिटरहरु हुन्छन । यिनीहरुको काममा वाधा अवरोध भएमा वा कार्य प्रणाली सही रुपमा नभएर मानिसलाई डिप्रेसन हुने गर्दछ । महिलाहरुमा डिप्रेसन हुने अर्को कारण उनीहरुको शरीर मा हर्मोनको बदलाव आउनु पनि हो । हर्मोन मा गडबढी आउने समय भनेको गर्भावस्थामा, बच्चा को जन्म पश्चात, महिला को हर्मोन मा परिबर्तन हुने गर्दछ । त्यसैगरी थाइराईड को समस्या हुँदा पनी हर्मोन मा बदलाव आउदछ । त्यसैगरी वँशाणुगत गुण भने मुख्य समस्या पनि मानिन्छ । पारिवारिक व्याकग्राउनड्मा कसैलाई डिप्रेसन भएको छ भने अरु पुस्तामा धेरै सर्ने गरेको पाइन्छ । बच्चा गर्भ राख्नको लागि गरिएको सम्भोग को बेला छोडिने विर्य मै यो रोग सरेको हुन्छ । र यहि विर्य बाट बनेको व्यक्ति मानसिक रोग कै सिकार हुने सम्भावना बन्दछ । जसलाई वंशको असर भनिन्छ ।

अन्य कारण : कस्ता मानिसमा धेरै डिप्रेसन हुने गरेको पाइन्छ ?

जो मानिस अरुको आड, भरोसामा बस्ने गर्दथ्यो र पछि आडभरोसा टुटदछ । त्यस्ता लाइ डिप्रेसन हुने गर्दछ । यो चाहे परिवार होस् वा साथीभाई वा कुनै पनि आड भरोसा को जीवन भै आड भरोसा टुटेको बेला डिप्रेसन बढ्ने सम्भावना बढी हुदछ । कुनैपनी दर्दनाक वा तनावपुर्ण घटनाहरू को कारणबाट पनि डिप्रेसन हुन सक्दछ । महिला वा पुरुष मा हुने प्रजनन अङ्ग को सम्सया को कारणबाट पनी मानिसहरूलाई डिप्रेसन हुने गरेको छ । मानसिक बिकारहरू जस्तो सानो सानो कुरामा धेरै चिन्ता लिने, खानेकुरा सम्बन्धी समस्या मा चिन्ता लिने मानिसहरुमा डिप्रेसन हुने गरेको पाइन्छ ।  अत्याधिक रक्सी पिउने मानिसहरुमा पनि बढी डिप्रेसन हुन्छ । त्यसैगरी बिभिन्न खालका लागुऔषध खाने मानिसहरुमा पनी डिप्रेसन हुने गर्दछ ।
कुनैपनी गम्भिर निको नहुने रोग लागेका मानिसहरुमा पनी डिप्रेसन हुन्छ । जस्तो क्यानसर लागेका मानिसमा, मुटु रोग भएका मानिसमा, मृगौलामा समस्या भएका मानिसमा, डिप्रेसन हुने गर्दछ ।

डिप्रेसन बाट बच्न को लागी के गर्ने ?

सर्वप्रथम डिप्रेसन को बिमारीको कुराहरू कोहि सम्बन्धित ब्याक्तिले ध्यान दिएर सुनी दिने र उसलाई मन हलुका बनाइ दिने कार्य गर्दिनु पर्दछ । उसले भनेका कुराहरू नराम्रै भएपनी उसको कुराहरू लाई बिना टिप्पणी सुन्नु पर्दछ । हो नि सही हो तिम्रो कुरा सही हो अरु भनन भन्दै उसलाई अझ उसको मन को कुरा ओकल्न लगाउनु पर्दछ यसो गर्दा उसको मन को बोझ  कम हुदछ र उसलाई आराम भएको महसुस हुदछ । उसका कुराहरुलाई कुनै पनी कमेन्ट नगर्ने ,उसले भन्न खोजेका कुराहरूलाई स्पस्ट रुपमा भन्न दिने, उसका कुराहरुलाई नरोक्ने । उसलाई कुनैपनी कुराहरू नढाट्ने ,माया गरेर सान्तवना दिएर खुशी बनाउने प्रयास गर्नुपर्दछ । डिप्रेसन को जती औषधी खाएपनी परिवारमा राम्रो ब्यबहार छैन भने त्यो औषधी को काम छैन । औषधी बिना पारिवारिक साथ,माया ममता ,ब्यबहार राम्रो गर्दा पनी डिप्रेसन पूर्ण रुपमा निको  हुन्छ ।  बिमारीलाई रिस उठ्ने टाइपको ब्यबहार बिल्नकुल नगर्ने । हामीले यति बुझ्न जरुरी छ विरामी को मन मा अनेकौं गलत कुरा ले भरी एको छ र उसको मस्तिस्क मा पोजिटिभ हर्मोन हरु उत्पादन हुन सकेको छैन र डिप्रेसन भएको छ । अब हामीले उसको मनको कुरा सबै ओकली उसलाई मन हलुको बनाउन को लागि उसले गलत नै बोलेको बेला पनि हो हो अ अँ भन्दै उसलाई अझ सपोर्ट गर्नु पर्दछ यसरे सर्पोर्ट गर्दा उसले तपाईलाई विस्वास गरी उसको मन को कुरा सबै तपाइँलाई ओकल्ने छ र उसको मन हलुका हुनेछ बोझ कम भए पछी उसको मंस्तिक मा विस्तारै सकारात्मक सोच ल्याउने हर्मोन रिलिज हुदै जान्छ र उ विस्तारै ठिक हुदै जान्छ ।
अन्य भिडियो :

डिप्रेसन हुँदा तपाँईलाई पनी समस्या बनाउछ र परिवारलाई पनी समस्या हुन्छ । तसर्थ डिप्रेसनको लक्षणहरु लाई बेलैमा बुझेर यसको उपचार तर्फ लाग्नुपर्दछ । कुनैपनी समस्या छ भने परिवार का सदस्य लाई वा आफ्ना प्रिय व्याक्तिलाई भन्नुपर्दछ । बालबालिकाहरुलाई युवा अवस्थामा रहेका व्यक्तिहरुलाई मानसिक तनाब हुने ब्यबहारहरू अभिभावक ले देखाउनु हुदैंन । बालबालिकाहरुले कुनैपनी गल्तीहरु गरे पिट्ने ,तनाब दिने,कार्य अभिवाभकले गर्नुहुदैन । सम्झाएर,बुझाएर पढाउनुपर्दछ ,डर देखाएर पढन लगाउनु हुदैंन । सानैबाट बालबालिका को मस्तिस्कमा डरको छाप रहेपछी डिप्रेसन हुने समभावना बढ्दछ । बरु यो गरेउ भने यो किन्दिन्छु भन्दै उसलाई मन पर्ने कुराहरु को आस्वासन देखाएर उसलाई पढ्न र राम्रो काम गर्न तिर ध्यान बदल्न सकिन्छ । उसले पनि आफ्नो रहर पुरा गर्न को लागि तपाइले भनेको कार्य गर्दछ र उसले कार्य गरी सके पश्चात तपाईले दिएको बचन पुरा गर्दिनु पर्दछ ।

यो  जानकारी सबै समक्ष् पुर्याउन को लागि सेयर गर्ने जिम्मेवार तपाइको हात मा सुम्पी दिएको छौं । कृपया सेयर गरी सबै समक्ष् जानकारी पुराउन सहयोग गर्नु होला ।
रोग लाग्न बाट आफु पनि बचौं र अरुलाई पनि बचाउँ NepaliHealthMedia

DISCLAIMER: "नेपाली हेल्थ मीडिया डट कम" अनलाईन वेबसाइटमा प्रकाशन गरिएको आर्टिकलहरु केवल सूचना र सामान्य जानकारीको उद्देश्यको लागि मात्र हो. यो कसैको व्यक्तिगत परिस्थिति, पेशेवर चिकित्सा, निदान वा उपचारको विकल्पको लागि होइन. Read More...