मुसा वा छुचुन्द्रा ले टोक्दा यस्तो हुन्छ Rat-Bite Fever Symptoms

Kalpana

मुसा वा छुचुन्द्रा ले टोक्दा यस्तो हुन्छ Rat-Bite Fever Symptoms

मुसाले वा छुचुन्द्रा ले कहिले काँही हामीलाई टोक्न सक्छ । सुतेको समयमा वा कुनैपनी समयमा टोक्न सक्छ । मुसा वा छुचुन्द्रो ले टोके के गर्ने ? मुसाको टोकाई ले कस्तो समस्या बनाउछ भन्ने बारेमा विशेष जानकारी रहेको छ । कृपया अन्तिम सम्म पढेर पुरा  बुझ्न सक्नु हुनेछ ।

भिडियो : 


मुसाले वा छुचुन्द्रो ले मानिसलाई हत्तपत्त टोकी हाल्दैन तर पनि कहिले काँही कुनै कारण ले गर्दा मुसाले टोक्न सक्छ । हरेक मानिसको भोलीको दिन कसरी बित्छ ? कस्तो हुन्छ ? कसैलाई थाहा हुँदैन । नसोचेको कुनै जीवले टोकि दिन्छ र आत्तिनु  पर्ने स्तिथि आउन सक्छ । मुसाको टोकाई पनि यस्तै नसोचेको, अफ्ट्यारो  घट्नामा नै पर्ने गर्दछ । भनाई छ नी दसा बाजा बजाएर आउदैन । दसा लागेपछी अनेक हुन् सक्छ । मुसाले  टोक्नेै आँट्दा बसेकै ठाँउमा आएर टोकिदिन्छ । जँगली मुसा ठुलो हुने गर्दछ ,घरमा हुने सानो टाइपको मुसा सानो मेडियम साइज का हुने गर्दछन । मुसाको पनी धेरै वटा प्रजाती छन र ति मुसामा हुने ब्याक्टेरिया भाइरसहरु पनि फरक-फरक किसिमको का रहेका हुन्छन । कुन मुसाले टोक्दा कस्ता भाइरसहरु सर्छन भन्ने बारेमा जानकारी बिस्तारै दिदै जानेछु कृपया पुरा पढ्दै जानुहोस ।

मुसा ले टोक्दा के हुन्छ ?

मुसाको दाँत लामो तिखो टाइपको हुन्छ । मुसालाई समस्या पर्यो भने मुसाले दाँत ले नै हमला गर्दछ ।  मुसाले टोक्यो भने हामीलाई इन्फेक्सन हुन्छ । ज्वरो आँउछ । मुसाले टोकेपछी आउने ज्वरोलाई Rat bite fever भनिन्छ । मुसाको दाँतमा रहेको र्याल मा विभिन्न प्रकारको ब्याक्टेरियाहरु रहेका हुन्छन । जस्ले गर्दा मुसाले टोकेपछि हामिलाई उक्त र्यालबाट इन्फेक्सन र  टिटनास हुन्छ । मुसाको प्रकार र व्याकेटेरिया को प्रकार अनुसार लक्षणहरु फरक फरक देखिन्छन । मुसा वा छुचुन्द्रो ले टोकेपछी रातो हुने,रगत बग्ने र दुख्ने वा सामान्य पोल्ने गर्दछ । यदि मुसा वा छुचुन्द्रो ले नै टोकेको हो भने ज्वरो आँउछ । Leptospirosis , typhus र plague जस्ता सङ्क्रमण हुने गर्दछ । यस्ता रोगका ब्याटेरियाहरु बिरालो, जनावर, कुकुर, मुसा, छुचुन्द्रामा पाईन्छ ।मुसाले टोक्ने बितिकै डाक्टर कोमा गईहाल्नुहोस । यदि उपचार गर्न ढिलो भयो भने अरु ठुलो समस्याहरु जस्तै  मस्तिस्क को समस्या, निमोनिया को समस्या, हेपाटाइटिस र मेनेन्जाइटिस जस्ता समस्याहरु निम्तिन्छ । मुसा वा छुचुन्द्रो ले टोक्दा अझै ठुलो समस्या बनाउने सम्भावना हुने भएकाले तुरुन्तै डाक्टरको मा गईहाल्नुपर्दछ ।

कस्ता मुसामा कस्ता भाइरस हुन्छन ? 

 घरमा हुने मुसा मा Lymphocytic choriomeningitis भन्ने virus हुन्छ । यदि घरमा हुने मुसाले टोकेमा यस्ता भाइरस हरु हाम्रो शरीरमा प्रवेस गर्दछ । र पहिलो चरणमा टाउको दुख्ने,ज्वरो आउने,भोक नलाग्ने,जीउ दुख्ने जस्ता समस्या हुन्छन र दोस्रो चरण मा चाही मस्तिस्क सम्बन्धि मेनेन्जाइटिस,इन्सेफ्लाइटिस,जस्ता समस्या बँनाउछ ।

हेन्टाभाइरस :

त्यसैगरी अर्को भाइरस छ हेन्टाभाइरस । यो हेन्टाभाइरस भनेको सेतो खुट्टा भएको मुसा बाट सर्ने गर्दछ । बिसेस गरी जँगली प्रजातिको मुसा रुखमा बस्ने,धान को कुनिउमा,परालमा बस्ने गर्दछ । घरमा बस्ने मुसामा पनि यो भाइरस हुन्छ । Rice rat,cotton rat,पनि भनिन्छ । यो टाइपको मुसामा हेन्टा भाइरस पाइन्छ । यो टाइपको भाइरस सङ्क्रमण भएपछि ज्वरो आउने, पखाला लाग्ने,जिउ दुख्ने,बमिट हुने,थकाई लाग्ने श्वासप्रस्वास सम्बन्धि समस्या बनाउने गर्दछ । यो हेन्टा भाइरसको औषधी आज सम्म विज्ञान ले पत्ता लगाएको छैन । र हेन्टा भाइरस लागि सकेपछी यसको पूर्ण उपचार सम्भव छैन । तर सुरुमै थाहा भयो यो भाइरस ले सक्रमण गरेको भने यसलाई रोकथाम विधि मार्फत उपचार गरिन्छ तर पूर्णरुपमा उपचार भने सम्भव हुदैन ।

टुलारेमिया भाइरस (Tularemia) :

त्यसैगरी अर्को छ टुलारेमिया भाइरस । यो रोग सङ्क्रमण गर्ने ब्याक्टेरिया  bacterium francisella tularensis हो । यो भाइरस मुसा वा खरायो मा पाइने गर्दछ । मुसालाई वा खरायोलाई रगत चुस्ने झिँगा ले टोकेर मानिसलाई टोकेपछी सर्दछ । यसलाई Deer fly fever वा Rat bite fever वा rabbit fever पनि भनिन्छ । यो झिँगालाई डाँठ पनि भनिन्छ ।
अन्य भिडियो :

मुसा वा छुचुन्द्रो को मल वा दिशा बाट पनी भाइरस ब्याक्टेरिया सङ्क्रमण हुन्छ । मुसाको मल मा वा पाचन तन्त्रमा साल्मोनेला भन्ने ब्याक्टेरिया पाइन्छ । मुसाको मललाई लिँड भन्ने गरिन्छ ।‌ मुसाको लिँडमा साल्मोनेला ब्याक्टेरिया पाइने भएकाले गर्दा मुसाको लिँड खानामा वा पानीमा मिसिएको छ भने उक्त ब्याक्टेरिया हाम्रो शरिरमा प्रबेस गर्दछ र हामीलाई पखाला लगाउने,बमिट आउने, ज्वरो आउने जस्ता समस्या हुन्छ । त्यसैले  लामो समय सम्म खुल्ला राखेको खानाहरु नखानुहोस् ।

मुसा वा छुचुन्द्राले टोक्दा देखिने लक्षणहरु :

  1. मुसा वा छुचुन्द्राले टोकेमा प्रथम चरणमा यस्ता लक्षणहरु देखिने गर्छन ।
  2. घाउ सुन्निने गर्छ ।
  3. मुसाले टोकेको २ दिन पछीबाट ज्वरो आउने गर्दछ । जसलाई Rat bite fever / rabbit fever भनिन्छ । 
  4. बमिटिङ हुन्छ ।
  5. पखाला लाग्छ । 
  6. जोर्नी दुख्छ ।
  7. माँसपेशी दुख्छ ।
मुसा वा छुचुन्द्राले टोक्दा डाक्टरको मा गइहाल्नुहोस । नपत्याउदा साना साना जीवहरुको शरिरमा विभिन्न किसिम का भाइरसहरु रहेका हुन्छन र हामिलाई ति भाइरस को संक्रमण हुने गर्दछ ।‌
अन्य भिडियो :

त्यसैले भै परी आएको खण्डमा तुरन्त डाक्टर कहा गइ उपचार गर्न तिर ध्यान दिनुहोस ।‌
नेपाली हेल्थ मिडिया ले रोचक र अति नै महत्वपूर्ण जनाकारी मात्र पब्लिश गर्दछ ।‌ थप जानकारी पढ्न को लागि अन्य पोस्टहरु हेर्नुहोस ।‌ साथै यो जानकारी सबै समक्ष् पुर्याउन र सबैलाई सचेत गराउन सक्दो सेयर गर्नुहोस ।‌ तपाइको एक सेयरले  धेरै लाइ सचेत गराउदछ ।‌  धन्यवाद
Tags
Our website uses cookies to enhance your experience. Learn More
Accept !