मृगौला रोगको लक्षणहरु | Kidney Disease Symptoms and Causes in Nepali

Ms. Sarika
Kidney Disease Symptoms and Causes in Nepali

मृगौला रोग (Kidney Disease in Nepali):

हाम्रो शरीरमा दायाँ र बायाँ पट्टी एक-एक वटा गरी जम्मा दुई वटा मृगौला हुन्छ । मृगौलाको काम शरीरलाई शुद्धीकरण गर्नु हो ।

मृगौला फेल भनेको मृगौलामा कुनै रोगको कारणले मृगौलाले काम गर्न नसक्ने अवस्था हुनु हो । यदि कसैको एकमात्र मृगौला ड्यामेज भएको छ भने एउटा मृगौला फेल भएको भन्ने बुझ्न सकिन्छ । यसलाई Kidney Failure वा मृगौला फेल/ड्यामेज भनेर बुझिन्छ ।

भिडियो :

मृगौला शरीरको फिल्टर मेसिन हो । जसरी हामी पानीलाई फिल्टर गरेर पानी पिउने गर्छौं, ठिक त्यसरी नै हाम्रो मृगौलाले शरीरमा भएको रगतलाई फिल्टर गराएर मुुटुमा पठाउने गर्छ ।

हामिले दुषित पानीलाई फिल्टर नगरी पिउँदा जसरी जन्डिस, झाडापखाला जस्ता समस्या आउँछ, त्यसरी नै मृगौला खराब हुँदा मृगौलाले रगत फिल्टर गर्न नसकेर फिल्टर नभएको रगत मुटुले लिँदा शरीरमा विभिन्न रोगहरु उत्पन्न हुने गर्छ । यसरी उत्पन्न भएको रोग औषधि खाएर ठिक हुँदैन.

यसलाई ठिक गर्न मृगौला नै ठिक गरी रगत फिल्टर गराउनको लागि मृगौलालाई बलियो बनाउन आवस्यक पर्दछ ।

शरीरले रगत फिल्टर गराउने प्रक्रिया जति बेलै गरि रहेको हुन्छ । मुटुबाट शरीरको सम्पुर्ण अङ्गमा रगत पुग्दछ । प्रत्येक अङ्गमा रगत पुग्दा उक्त रगत दुषित भइ सकेको हुन्छ र पुन रगत फिल्टर हुन मृगौला तिर जान्छ र उक्त रगतलाई मृगौलाले फिल्टर गरि दिन्छ र उक्त रगतबाट फिल्टर भएर निस्कीएको फोहोर पदार्थलाई पिसाव बनाई पिसाव थैलीमा जम्मा हुन्छ । थैलीमा पिसावको मात्रा बढ्दै गए पछि हामिलाई पिसाव लाग्ने गर्छ र पिसाव मार्फत शरीरको उक्त फोहोर पदार्थ बाहिर निस्कन्छ ।

मृगौलाबाट फिल्टर भएको शुद्द रगत पुन मुटुले लिन्छ र मुटुले फेरि उक्त रगतलाई शरीरको सबै अङ्गमा पठाउँछ र सबै अङ्गमा पुग्दा पुन रगत दुषित भै फेरि फिल्टर हुन मृगौला तिर जादछ ।

यो प्रक्रिया मानिस जिवित रहुन्जेल भै रहन्छ । साथै नयाँ रगत बन्ने प्रक्रिया पनि चली रहेको हुन्छ ।

यदि मृगौला ड्यामेज भएर मृगौलाले शरीरको रगत फिल्टर गर्न नसके रगतमा प्रत्येक सेकेन्ड समयमा फोहोरको मात्रा बढिरहेको हुन्छ र शरीरमा भएको रगत अति नै दुषित भएर शरीर सुन्निने, घाउ खटिरा आउने, शरीर चिलाउने, शरीर भित्र किरा कुदि रहेको महसुस हुने, पिसाब बन्द हुने वा पिसाव बाट रगत निस्कने जस्ता विभिन्न समस्या भै कष्टकर र पिडादायी मृत्यु हुन्छ ।

मृगौला रोगको मुख्य लक्षणहरु (Kidney Disease Symptoms in Nepali):

मृगौला खराबीका लक्षणहरु अर्थात भनौं मृगौला फेलको लक्षणहरु विभिन्न हुन्छन् ।

  • पिसाबको मात्रा घट्ने वा बढ्ने
  • पिसाबमा फिँज आउने
  • पिसाब पोल्ने
  • पिसाबमा रगत आउने
  • कमजोरी हुने
  • जति बेलै जाडो मात्रै भै रहने
  • छाला चिलाउने
  • एलर्जी निस्किने
  • बमिट हुने
  • स्मरण क्षमता घट्ने
  • निन्द्रा नलाग्ने
  • भोक नलाग्ने
  • खुट्टा सुन्निने
  • शरीर सुन्निने
  • पेट फुल्ने
  • खटीरा निस्कने
  • पिसावको रंगमा परिवर्तन हुने
  • मुटुको धड़कनमा समस्या आउने

जस्ता विविध लक्षणहरु देखिन्छन । यस्ता लक्षण देखिए मृगौलामा समस्या आउन सुरु भएको हुन सक्छ । यसलाई मृगौला फेलको लक्षणहरु भनेर बुझ्न सकिन्छ.

मृगौला रोगको संकेत सुरुमा थाहा पाउन अति नै गाह्रो हुन्छ । जब ७० देखि ८० प्रतिशत भन्दा बढी मृगौला खराबी हुन्छ तब मृगौला फेलका लक्षणहरु देखिन सुरु हुन्छन । त्यसैले ६/६ महिनामा मृगौला चेकअप गरिरहन आवस्यक पर्दछ ।

६/६ महिनामा चेक अप गर्न नसके कम्तिमा १/१ वर्षमा अवस्य मृगौला चेकअप गर्न आवस्यक पर्दछ । मृगौला रोगबाट धेरै मानिसहरुको मृत्यु हुने गर्छ. त्यसैले यसको अति नै ख्याल गर्नु पर्छ.

भिडियो :

विकसित देशहरुमा प्राय हरेक मानिसहरुले वर्षमा एक पटक मृगौला चेकअप गर्दछन । तर अबिकसित र अशिक्षित देशहरुमा मृगौला खराब नहुन्जेल एक पटक पनि चेकअप नगर्ने र भगवान भरोसा भन्दै जीवन गुजार्ने परम्पराले लाखौं मानिसहरु मृगौला ड्यामेजको सिकार भएका छन ।

यदि हाम्रो शरिरको दुई वटा मृगौला मध्ये कुनै एक मृगौला खराब भएमा पनि हाम्रो शरीर राम्रै तरिकाले चलिरहेको हुन्छ ।

तर दुई वटै मृग्रौला खराब भएमा मृत्यु सम्म हुनेछ ।

मृगौला फेल भएमा कसरी थाहा पाउने ?

मृगौलाको सिधा सम्बन्ध पिसावमा हुने भएका कारण पिसावमा नै पहिला ध्यान केन्द्रित गर्न जरुरी हुन्छ । जस्तै,

  1. पिसाब कस्तो आइरहेको छ?
  2. पिसाबको कलर कस्तो छ ?
  3. पिसाब कति आउँछ?
  4. कति-कति बेला पिसाब आउँछ?
  5. दिनमा कति पटक पिसाब आउँछ?
  6. पिसाब किन पोलि रहेको छ ?

भन्ने कुराहरुलाई एकदमै ध्यान दिनु पर्ने हुन्छ। आफुले आफ्नो पिसाबलाई ध्यान दिए‌ मात्र पुग्छ । पिसाबको विशेष रङहरूमा बिचार गर्नु पर्दछ । तर उत्तम उपाय मेडिकल चेकअप गर्नु हो । मेडिकल चेकअप गरे पश्चात् आनन्द र ढुक्कले बस्न सकिन्छ ।

पिसाब पोल्ने समस्या किन हुन्छ ?

पिसाव पोल्ने कारण प्राय युरिनरी ट्रैकको इन्फेक्सनको कारण हुने गर्छ ।

युरिनरी ट्रैक इन्फेक्सन (UTI) भनेको मृगौलाबाट पिसाव बाहिर निस्कने नलीमा वा पिसावको मार्गमा इन्फेक्सन हुनु हो ।

मृगौलाबाट फिल्टर भएर निस्किएको पिसाव युरेटरबाट पिसाव थैली सम्म आउँछ र पिसाव थैलीमा जम्मा भै सु-सु गर्ने अङ्गबाट बाहिर निस्कन्छ । यसरी मृगौलाबाट पिसाव बाहिर आउने भित्री नली वा पिसावको मार्गलाई युरीनरी ट्रैक भनिन्छ । यो पिसावको मार्गमा कतै इन्फेक्सन भएमा यसलाई युरिनरी ट्रैक इन्फेक्सन (UTI) भनिन्छ ।

पिसाव पोल्ने अन्य कारण:

  • युरीनरी ट्रैक इन्फेक्सन हुँदा
  • यौन संक्रमण हुँदा
  • पानी कम पिउँदा
  • शरीर निर्जलीकरण हुँदा
  • मृगौलामा पत्थरी हुँदा
  • यीस्ट संक्रमण हुँदा
  • ओभरीमा पानी फोका हुँदा
  • अल्कोहल सेवन गर्दा
भिडियो :

शरीर सुन्निने, हातखूट्टा सुन्निने, अनुहार सुन्निने जस्ता समस्या आएमा तुरुन्तै डाक्टर कहाँ गइ जचाउनु पर्छ । किनकि मृगौलाले काम गरेन भने शरीर भित्र को धेरै भएको पानी र नुन को मात्रा शरीर भित्रै रहने गर्दछ र शरीर सुन्निन सुरु हुन्छ । शरीरमा अनावश्यक पानीको मात्रा बाहिर निस्कन नपाएपछि सरिर भरी पानी भरिएर शरीर फुल्ने गर्छ ।

मृगौलामा समस्या भएपछि शरीरमा अत्याधिक थकाइ लाग्ने र कमजोरी हुन सुरु हुन्छ । कारण मृगौलाले "Erythropoietin" नाम  गरेको प्रोटिन निकाल्ने गर्छ जसलाइ "Hematopoietin" पनि भनिन्छ ‌। यसले हड्डी भित्र यानिकि बोनम्यारोमा गएर रातो रक्त कोस बनाउन सहयोग गर्छ ।

जब मृगौला खराब हुन सुरु हुन्छ तब शरीरमा रक्त कोषहरु बन्ने क्रम रोकिन्छन र रगतको अभाव हुन्छ । एनिमिया रोग लाग्दछ ।

रगतको अभाव भएपछी रगतले अक्सिजन मस्तिस्कमा र शरीर को कुनैपनि अङगहरुमा पुर्याउन सक्दैन र हामिलाइ जतिबेलै थकाइ लाग्ने कमजोरी हुने, टोलाउने बनाँउछ । शरीरमा रगत नभएपछी एनिमिया रोग लाग्छ र जतिबेलै जाडो मात्रै हुने गर्छ । गर्मि को समयमा पनी जाडो भएको महसुस भइरहन्छ ।

मृगौलाको समस्या हुदैछ भनेर बुझ्नको लागी हाम्रो शरीर को छाला चिलाउने समस्या वा छाला फुट्ने वा फुस्रो हुने गर्छ । शरीर को बिषालु तत्वहरू मृगौलाले छान्न नसकेर बाहिर जान पाउदैनन र शरीर भित्रै रहने गर्छ । यसकारण हाम्रो छाला चिलाउने जस्ता एलर्जी आउने गर्दछ ।

मृगौला खराब हुने कारणहरु के-के हुन् ?

अत्याधिक औषधिको सेवन बाट पनि मृगौला फेल हुने सम्भावना हुन्छ । जस्तै पैनकिलर औषधीहरु नियमित खानेहरुमा मृगौला फेल हुने सम्भावना बढी रहन्छ ।

पैन किलर औषधि हरु टाउको दुख्दा खाने औषधि जस्तै ब्रुफिन, वा कुनै पनि दुखाई कम गर्ने औषधि आदि पर्दछन । अर्को दोस्रो ठूलो पानी नपिउनु मुख्य कारण हो । पानी ले शरीर को टक्सिन वा विषहरुलाई पानी को माध्यमबाट बाहिर निकाली दिन्छ । पानीको मात्रा नपुगेपछी मृगौला मा समस्या सुरु हुन्छ ।

अत्याधिक मासु को सेवन गर्नु पनि किड्नी ड्यामेज हुने कारण हो । त्यसैगरी अत्याधिक अण्डा वा प्रोटिन युक्त खाना ले किड्नी लाइ ध्वस्तै पार्दछ । त्यसैले अन्डा वा प्रोटिन लिमिट मा ठिक्क शरीर लाई चाहिने मात्र खानु पर्दछ । नुनको मात्रा बढि हुँदा किड्नी ड्यामेज हुने अवस्था सृजना हुन जान्छ ।

त्यसैले नुन कम खानुपर्छ । सब्जीमा नुन कम हालेर खाने गर्नुपर्छ । अरु खानेकुरामा नुन को सेवन नगरेकै राम्रो हो । सुगरका, हाइप्रेसर का बिमारी ले साबधानी पुर्बक औषधी उपचार नगर्दा पनि किड्नी ड्यामेज हुने सम्भावना बढ्दछ ।

भिडियो :

त्यसैले हामिले दैनिक खाने खानपानलाई सुधार गर्नु पर्दछ । सागसब्जी मा विषादी नहाली जस्तो फल्छ तेस्तै खाने गर्नु पर्दछ । सागसब्जी र हरियो सागपातबाट शरीर को लागी आवस्यक भिटामिनहरु पुरा गर्नु पर्दछ । मासु खान बढि बल नगरौं र लिमिट ल्र खाने बानी को बिकास गर्नु पर्दछ ।

अण्डा लिमिट ले खाने गर्नु पर्दछ । पानी को मात्रालाई अत्याधिक बढाउने गर्नु पर्दछ । पानी बढी पिउनु घातक हो भन्दै डराउने धेरै देखिएर पानी नै नपिउने धेरै भेटिन्छन । तर वास्तविकता के हो भने कुनै पनि चिज खादा लिमिट ले खानु पर्दछ । बमिट नै आउने गरि पिउनु र शरीर ले नै थाम्न नसक्ने गरि पिउनु घातक हो ।

तर नियमित लिमिट राखेर पानी पिउदा पानी बढी पनि पिउन सकिन्छ भने कुनै नकारात्मक असर पनि पर्दैन । यहाँ पानी पिएर मृगौला खराव हुने भन्दा पानी नपिएर मृगौला खराव हुने 90% बढी रहेका छन । त्यसैले पानी पिउन नडराउ र नियमित धेरै पानी पिउने बिकास गरौं ।

शारीरिक कसरत/ब्यायाम दैनिक गरौं र सके ६/६ महिना मा नसके १/१ वर्ष मा मृगौला चेकप गर्दै गरौं । यति गरेपछि हामीलाई मृगौला त के कुनै रोग ले पनि छुन सक्दैन ।

यसरी नै हामिले विभिन्न किसिम का समस्या वा रोग लाग्न बाट बच्न सकिन्छ । प्राय हरेक रोग का संकेत झन्डै उस्तै उस्तै पनि हुन्छन त्यसैले कुनै संकेत देखा पर्दा आत्ति हाल्ने बानी हटाउनु पर्दछ । तर अवस्य सचेत भने रहनु पर्दछ । कहिले काहीँ नर्मल समस्या ले पनि ठुला रोग का जस्ता संकेत देखा पर्दछन ।

त्यसैले सचेत रहनु पर्दछ तर आत्तिनु हुदैन ।कहिले नबिर्सौ, स्वास्थ्य नै सबै भन्दा ठूलो धन हो । एक बार को जुनि हो । आफू स्वास्थ्य रहेर बाच्न सके मात्र जीवनको अस्लि मज्जा लिन सकिन्छ ।

किडनी समस्याको पहिलो संकेत

किड्नी समस्या हुँदा कतिपय स्थितिमा मेडिकल चेक नगरी थाहा पाउन सकिंदैन तर पनि यस्ता संकेत देखिए किड्नी समस्या हुन सक्छ. पिसाव कम आउनु, खुट्टा सुन्निनु, सास फेर्न गाह्रो हुनु, पिसाव मा रगत आउनु, पिसाव पोल्नु, रातो पिसाव आउनु

किड्नी फेल हुने कारणहरु

किड्नी फेल हुने कारणहरु अनेक हुन्छन्. जसमध्य धेरै लागुपदार्थको सेवन गर्नु, पानी कम पिउनु, मृगौला को पत्थरी हुनु, मृगौलामा इन्फेक्सन हुनु, पेन किलर औषधि को बढी सेवन गर्नु आदि किड्नी फेल हुने मुख्य कारण अन्तर्गत पर्दछ.

मृगौला पत्थरीले किड्नी फेल हुन सक्छ ?

हो. मृगौलाको पत्थरी ले किड्नी फेल गराउन सक्छ. यदि समय मै मृगौलाको पत्थरीको उपचार नगरे मृगौलामा भएको पत्थरीले पिसाव ब्लक गराई मृगौला फेल हुने सम्भावना बढ्दछ.

Read More:
Our website uses cookies to enhance your experience. Learn More
Accept !