बिहानै खाली खुट्टा हिंड्दा हुने अनगिन्ति फाइदाहरु | Benefits of Walking Without Shoes in Nepali

Kalpana

बिहान-बिहान हामिले किन खालि खुट्टा हिड्नुपर्छ ? यसको बैज्ञानिक  कारण के रहेको छ ? 

पृथ्वी (Earth) को आफ्नै प्राकृतिक (Natural) उपचार पद्दती रहेको हुन्छ । यसमा न डाक्टर (Doctor) हुन्छन् न हस्पिटल । आयुर्वेदिक शास्त्र अनुसार बिहान (Morning) उठेर खाली खुट्टा दुबो भएको सितमा हिंड्दा धेरै रोगहरु (Diseases) निको हुने विस्वास गरिन्छ.

 

यसको पछाडी बैज्ञानिक कारण (Scientific Reasons) पनि रहेको छ । पृथ्वीको सतहमा फ्री इलेक्ट्रोनहरु (Free electrons) रहेका हुन्छन जब हाम्रो शरीरले खाली खुट्टा जमिनमा टेक्छ तब हाम्रो शरीरमा अर्थीङ विधुतीय तरंग (Earthing electric wave) प्रवाह हुन्छ र हाम्रो शरीरमा पावरफुल एन्टीअक्सिडेन्टको (Powerful antioxidant) कार्य गर्न थाल्दछ । जसबाट मस्तिस्कलाई सकारात्मक (Positive) उर्जा (Energy) प्राप्त हुदछ ।  

खाली खुट्टाले दुबो भएको ठाँउमा, समुन्द्रको बालुवामा, माटोमा वा जमिनको हरेक ठाँउमा दैनिक आधा घन्टा (30 Minutes) हिँड्ने गर्दा धेरै मानसिक समस्याहरु, विभिन्न रोगहरु निको हुन्छ । खाली खुट्टा हिड्ने, नांगै भएर भुई्मा सुत्ने, स्विमिङ पुलमा नुहाउने, समुन्द्रमा नुवाउने जस्ता कार्यलाइ  अर्थिंग विधि (Earthing Technique) वा Grounding Technique Therapy  भनिन्छ । 

प्राकितिक चिकित्सा परम्परा अहिले पनी विभिन्न थेरापीको माध्यमबाट चलिरहेको छ । पृथ्वीमा रहेको शक्तिलाई हाम्रो शरीरमा प्रवेस गराउनु नै Grounding Therapy हो । बिहान-बिहान खाली खुट्टा दुबोमा हिड्ने गरेमा हाम्रो शरीर नेचुरल (Natural) रुपमा बायोइलेक्टिकल्स ( ) मोडमा आँउछ र हाम्रो नर्भस सिस्टम ( Nervous system ) Sympathetic Mode बाट ParaSympathetic Mode मा फर्किन्छ । यसको मतलब हो हाम्रो शरीरको स्नायुप्रणालीहरु (Nervous system) एक्टिभेट भएर शरीर फुर्तिलो तेजीलो बनाँउदछ ।  

हामी विधुतीय ग्रहमा बस्ने बायोइलेकट्रिकल्स प्राणी हौ । हाम्रो शरीरको सेलहरुले धेरै भन्दा धेरै  विधुत तरंग उत्पादन गर्दछन । जस्तै मुटुले, इम्युन सिस्टमले, नर्भस सिस्टमले ।  विधुतीय शक्तिले नै हाम्रो शरीर चलेको हुन्छ । शरीरमा भएको आइरन, क्यालसियम, सोडियम, पोटासियम, मेग्नेसियम जस्ता तत्वहरु चार्ज भई  विधुत उत्पादन भएर हाम्रो शरीर चल्ने गर्दछ । शरीरमा सोडियमको कमी हुँदा हामीलाई रिंगटा लाग्ने, कमजोर हुने जस्ता समस्याहरु आइपर्छन् र सिलिन पानी लगाउनुपर्ने हुन्छ । 

अर्थीङ थेरापीको माध्यमबाट पृथ्वीमा भएको विधुतीय इलेक्टोनहरु (Electrical electrons) हाम्रो शरीरमा प्रवाह हुने भएकाले मस्तिस्क सम्बन्धि समस्याहरुको लागी, तनाब चिन्ता, डिप्रेसन, कार्डियोभास्कुलर रोगको लागी, रक्त सँचार, मिठो निन्द्राको लागी, ग्राउनडिङ वा अर्थीङ Technique Therapy एक्दमै राम्रो मानिन्छ । यसका लागी हामिले दैनिक बिहान बिहान ३० मिनेट दुबो पलाएको सित परेको ठाँउमा खालिखुट्टा हिड्नुपर्छ । यदी समुन्द्र छ भने समुन्द्रमा खाली खुट्टाले हिडेपनी फाइदा हुन्छ । 

जोर्नी दुख्ने समस्याहरु (Joint Pain)छन भने,शरीर दुखि रहन्छ भने, निन्द्रा लाग्दैन (Insomnia) भने बिहान-बिहान उठेर चप्पल नलगाई दुबोमा मज्जाले हिड्ने गर्नुहोस । गहिरो निन्द्रा लाग्ने, शरीर दुखाइ कम हुने मानसिक रुपमा स्फुर्त रहनको लागी ग्राउन्डिङ थेरापी आवस्यक रहेको छ । 

प्रेसर हाई (High Blood Pressure)  हुने मानिसहरुको लागी पनी ग्राउनडिङ थेरापी राम्रो मानिन्छ । बढ्दो उमेर सँगै लाग्ने रोगहरु क्यानसर (Cancer), डाइबिटिज (Diabetes) , अटोइम्युन डिसअडर (Autoimmune Disorder), युरिक एसिड (Uric Acids), थाइराइड (Thyroid)को जस्ता समस्याहरुको लागी धेरै हदसम्म ठिक गर्दछ । भुइमा सुत्ने, भुइमा बसेर खाने, पानी खाँदा बसेर खाने, जस्ता नियमहरु छन । यी नियमहरु मान्नुपर्ने कारणहरुको पछाडी बैज्ञानिक कारणहरु नै जोडिएका छन । अर्थीङ थेरापी माध्यमको उपचार पद्धतिको बारेमा डाक्टरहरुले अझै धेरै अनुसन्धान गरिरहेका छन ।

Our website uses cookies to enhance your experience. Learn More
Accept !