के तपाईँलाई भोक लाग्दैन? भोक नलाग्ने कारण र उपचार

Kalpana
भोक (hunger) हाम्रो शरीर को एक यस्तो संकेत हो जसले शरीर मा इनर्जी (Energy)  सकिएको वा सकिन सुरु भएको अवस्था एक फिलिंग (feeling) स्वरूप उत्पन्न हुदछ जसलाई हामि भोक लाग्नु (Feeling hungry) भन्ने गर्छौं.
not feeling hungry, Fatigue and loss of appetite, भोक नलाग्ने, भोक लाग्दैन, bhok nalagne, भोक, not feeling hungry in Nepali, No Hungry in Nepali, do not feel hungry, hungry but no appetite
भोक लाग्न हामीलाई अतिनै जरुरी छ तर कहिले काहीँ शरीरमा इनर्जी सकिएर कमजोर(Weak) भै सक्दा पनि भोक लागेको महसुस हुँदैन (You don't feel hungry) । केहि खान मन लाग्दैन ( You don't feel like eating anything) र जबरजस्ती खाए, खाएको पच्दैन । यो समस्या प्राय हरेक व्यक्ति ले कुनै न कुनै दिन भोगेको वा कुनै दिन भोग्नु पर्ने एक आम समस्या पनि हो ।

किन लाग्दैन भोक ? (Why don't you feel hungry?)

  1. खाना भर्खरै खाएको कारण (just ate food)
  2. खाएको खाना नपचेको कारण (Due to indigestion)
  3. शरीरको क्यालोरी (Calories) कम नभएको कारण 
  4. पाचन (Digestion) मा पूर्ण रुपमा समस्या भै पेटमा पाचन रसहरुको निर्माणमा कमि भएको कारण
  5. यदि शरीरमा कुनै रोग भए उक्त रोग को असर हुने कारण
  6. ग्यास (Gastric) वा कब्जियत (Constipation) को कारण
  7. बढी तनाब (Stress र थकाइ (Fatigue )को कारण
  8. डिप्रेसन (Depression) को कारण
  9. एंटीबायोटिक्स (Antibiotics), एंटीफंगल (Anti-fungal) वा पेन किलर (Pain killer) जस्ता औषधि ( Medicine) सेवन गरेको कारण
  10. ज्वरो (Fever) आएको वा टाउको दुखेको (Headache) कारण
  11. यदि गर्भवती (Pregnant) भए गर्भवती भएको कारण
  12. थायराइड (Thyroid) को कारण
  13. रक्तअल्पता  (Anemia) को कारण
  14. क्यान्सर (Cancer) भएको व्यक्ति लाई क्यान्सरको असर को कारण
  15. मधुमेह (Diabetes) भएका लाई मधुमेहको असर (The effects of diabetes) को  कारण
  16. भोक लागेको बेला खाना नखाइएको कारण
  17. खाना सधैं अनियमित तरिका ले खाने बानीको कारण
  18. खालि पेटमा बढी गुलियो पदार्थ खाइएको कारण

भोक नलागे के गर्ने ? (What to do if you are not hungry?)

माथि बताइएको अनुसार भोक नलाग्नुको कारणहरु (Reasons for not feeling hungry) अनेक हुन्छन् । त्यसमा पनि व्यक्ति र व्यक्ति को दिनचर्या, व्यक्ति को शारीरिक अवस्था (Physical condition) अनुसार यसको कारणहरु फरक-फरक हुने गर्दछन् ।

अरु पनि विशेष स्वास्थ्य जानकारीहरु पढ्नुहोस  :

  1. स्तन क्यान्सरका लक्षणहरु : यी हुन् महिला र पुरुषमा देखिने स्तन क्यान्सरका लक्षणहरु
  2. दैनिक बिहान तातो पानी पिउन किन जरुरी हुन्छ ? Drinking Hot Water?
  3. ओठ फुट्ने समस्याको समाधान कसरी गर्ने ?
  4. फुड पोइजन हुने खानाहरु- फुड पोइजन कसरी हुन्छ ?
  5. पिसाव मा रगत किन आउँछ ? यी हुन पिसाव मा रगत आउने प्रमुख कारणहरु
सबै भन्दा पहिला व्यक्ति आफैंले आफुलाई बुझ्न जरुरी छ कि किन भोक लागि रहेको छैन ? भोक नलाग्ने प्रमुख र कमन कारण पाचनमा समस्या (Problems with digestion) आएर हुने गर्दछ । तर पाचनमा समस्या किन आइ रहेको छ ? भन्ने कुरा चैं व्यक्ति स्वयम् आफैंले बुझ्न जरुरी छ । आफ्नो दिनचर्या लाई फर्किएर हेर्न जरुरी छ र यो समस्या आउनु अघि के के खाइएको थियो ? त्यो कुरा लाई पनि बुझ्न जरुरी छ ।
यदि पाचन प्रकिया निकै कमजोर छ भने पाचनमा समस्या आउने किसिम को खाना पटक्कै खान हुदैन । बढी चिप्लो (Oily foods),पिरो, पुरी परौठा आदि जस्ता खानाहरुले पाचन मा समस्या बनाउने गर्दछ  र यसको नतिजा खान मन नलाग्ने देखि ग्यास र कब्जियत पनि बनाउन सक्छ ।

भोक चांडो लगाउन के गर्न ? (How to increase your appetite?)

  • नियमित खाना समय मा खाने
  • अपच हुने किसिम का खाना नखाने
  • खाने कुरा मा मसला कम भएको वा तेल चिप्लो पिरो कम खाने
  • छिटो पाचन हुने किसिम को खाना खाने जस्तै जाउलो, जुस आदि थोरै थोरै गर्दै मात्रा बढाउदै जाने
  • पानी बढी पिउने

आकस्मिक घरायसी उपचार विधि (Emergency home remedies)  :

  • के हि समय ब्यायाम (Exercise) गर्ने यानिकी शरीर को क्यालोरी घटाउने (Reduce calories) प्रयास गर्ने यसो गर्दा भोक लाग्ने महसुस (Feeling hungry) हुन् सुरु हुन्छ.
  • पेटको ग्यास (gastric) भए ग्यास कम गर्ने तरिका अपनाउने र तातो पानीमा थोरै  नुन मिसाएर पिउने (Mix a little salt in hot water and drink it).
  • १ देखि २  गिलास दहि पिउने (Drink 1 or 2 glasses of yogurt) । दहिले पेट मा राम्रो ब्याक्टेरिया(Good bacteria, Probiotics) को निर्माण गर्दछ जसले अपच (indigestion) चिज लाई पचाउने र तुरन्त भोक लगाउने (Appetite immediately)  गर्दछ.
  • कागती (Lemon) र बिरे नुन (Black salt) साथै ज्वानो ( Ajwain, Jwano) पिसेर तातो पानी संग मिसाई पिउने भोक लाग्न सुरु गराउदछ.
  • मरिच (Black Pepper) लगाएर पिरो बनाई तातो पानी पिउने गर्दा तुरन्त भोक लाग्न सुरु हुदछ.
  • गुलियो चिज पटक्कै नखाने (Stop eating sweets)
  • बिरे नुन (Black Salt), मरिच को धुलो (Pepper powder), प्याज (Onion), ज्वानो (Ajwain, Jwano)  र भुटेको जिरा (Roasted cumin seeds) मिसाएर दहि ( Yogurt) संग मिसाई खाए तत्काल भोक लागेको महसुस गराउदछ र भोक लाग्ने बितिक्कै कडा खाना नखाई जाउलो खाने वा छिटो पच्ने किसिम को खाना  (Fast digesting food) खाने गर्नु पर्दछ.
  • गाजर (Carrots) भए गाजरको जुस (Carrot juice) बनाई पिउनुपर्दछ.
  • भोक लाग्ने बितिकै धेरै नखाने थोरै ठिक्क खाने र पुन दोश्रो पटक को भोक लाग्न पर्खिने र त्यो बेला पनि ठिक्क थोरै खाने ( यो गर्नुको कारण पाचनमा भएको गडबड लाई पुन नर्मल अवस्था मा ल्याउन  को लागि पाचन मा कम लोड पर्ने किसिम का खाना जस्तै जाउलो र थोरै र ठिक्क खानु पर्दछ )
  • खाना खाए पछि २ केस्रा लसुन (2 Cloves of Garlic) खाने गर्दा पुन भोक लाग्न सहायता गराउदछ.
  • खाना खानु भन्दा १५ मिनेट अघि बिरे नुन (Black Salt) र कागतीको रस (Lemon juice) तातो पनी मा मिसाई पिउने र पिएको ठिक १५ मिनेट पछि खाना खाने यसो गर्दा खाएको खाना चाडै पच्ने हुन्छ र दोस्रो पटक पुन सजिल्यै  भोक लाग्ने छ
  • हरेक दिन बिहान खालि पेटमा  १ देखि २ लिटर पानी पिउने (Drink 1 to 2 liters of water)  तर भरसक दुध हालेको चिया नपिउने (Don't drink milk tea
  • टिमुर भए एक दाना टिमुर (Sansho pepper, Timur or Timbur) मुखमा राख्ने र विस्तारै खाने । यसले पेट ढाडिएको छ भने आराम दिने छ ।
  • अलैची (Cardamom) को दाना मुख राखी रहने र पान जीरा र मिस्रि चपाएर खाने
  • 12/15 वटा तुलसी को पात चपाएर खाने
  • बाबरी को पात र तुलसी को पात पिसेर रस निकली पिउने यसले तुरन्तै ठिक गर्ने छ ।
  • यदि यी तरिका ले ठिक नभए नजिकै को मेडिकल मा जाने र डाक्टर संग सल्लाह गरी औषधि उपचार को पद्दति अपनाउने.
Our website uses cookies to enhance your experience. Learn More
Accept !