माटोको गाग्रीमा पानी कसरी चिसो हुन्छ ?

Kalpana
प्राचीन काल मा फ्रीज को समय थिएन । मानिसहरु माटोको गाग्री मा पानी राखेर चिसो बनाई पिउने गर्दथे । अहिले पनि यो प्रकृया चली रहेको छ । तर के तपाइलाई थाहा छ कि माटोको गाग्रीमा पानी किन र कसरी चिसो हुन्छ ?
माटो को गाग्रीमा हामिले हाम्रो आखाले देख्न नसक्ने लाखौं करोडौं स-साना छिद्रहरु हुन्छन । जुन छिद्र बाट गाग्री भित्र राखिएको पानी अलि अलि गर्दै बाहिर सम्म रसाउने गर्दछ ।

यसरी रसाएको पानी बाहिरी ताप को कारण तातिएर बाफ बन्दछ । यसरी बाफ बन्दा गाग्रो भित्र को पानी को तापशक्ति पनि बाहिर निस्कन्छ र गाग्रो भित्र ताप शक्ति कम हुन पुग्छ जसको नतिजा गाग्री भित्रको सतह चिसो हुन पुग्छ र त्यहा राखिएको पानी पनि चिसो हुने गर्दछ ।

तर अन्य भाडो वा गाग्री मा ती स-सना छिद्र हरु हुदैनन जसको कारण पानी बाहिर रसाउन सक्दैन र भाडो वा गाग्री भित्रको तापक्रम पनि कम हुन पाउदैन । यस्तो हुदा बाहिरी तापक्रम को कारण गाग्री वा भाडो जति तातिदै जान्छ उतिनै त्यसमा भएको पानी पनि तातिदै जाने हुन्छ ।

यहि कारण माटोको गाग्रीमा राखेको पानी सधैं चिसो हुने र अन्य भाडो वा गाग्रीमा राखिएको पानी चिसो नहुने हुन्छ ।
Tags
Our website uses cookies to enhance your experience. Learn More
Accept !