सपना कसरी देखिन्छ?

Kalpana
सपना (Dream) हाम्रो मस्तिस्क को मेमोरी ले हामीले जान अन्जान मा गरेको, सोचेको वा देखेको  हरेक कुरा लाई   सेभ गरेर राखेको एक भिजुअलाइज डाटा हो ।
जब हामी कुनैपनि  विषयवस्तु को बारेमा सोच्छौं वा कुनै विषयवस्तु को बारेमा कुरा गर्छौं यो  बेला हाम्रो मस्तिस्कले ति सबै डाटाहरु लाई सेभ गरेर राख्दछ ।

बोलेको, लेखेको, पढेको, सुनेको, देखेको आदि सबै डाटाहरु हाम्रो मस्तिस्क ले भिजुअलाइजेसनको रुपमा  सेभ गरेर राख्दछ।  यो पढी रहँदा पनि तपाईंको मस्तिक ले यी पढेका हरेक शव्दहरु भिजुअलाइजेसन मार्फत सेभ गरेर राखी रहेको हुन्छ ।

सिसि क्यामरा ले रेकर्ड गरे झैं हाम्रो मस्तिस्क ले २४ सै घण्टा हामीले सोचेको, देखेको, सुनेको हरेक कुराहरुलाई भिजुअलाइजेसन गरी सेभ गरेर राखी रहेको हुन्छ ।

यसरी सेभ भएको सबै डाटाहरु हामीलाई मस्तिस्क ले हामी अचेत अवस्था मा रहेको बेला अर्थात हाम्रो चेतन मन निस्क्रिय भएको बेला अवचेतन मन मार्फत सपना (Dream)मा देखाउने गर्दछ। तर यो  Random डाटा स्वरूप देखिन्छ । कतिपय सपना (Dream) हामीले कहिले याद नै नगरेको पनि देखिन्छ यो हुनुको कारण हामीले याद गरेको त्यो पललाई हामीले  थाहा नपाएको वा हामीले देखेर पनि त्यो तिर ध्यान नदिएको वा असम्भव कुरा लाई पनि कुनै समय कल्पना गरेको ,  चाहे त्यो बच्चा हुँदा  होस वा  जवान हुँदा,  त्यो कुनै दिन देखेको, सुनेको वा सोचेको एक डाटा भने अवस्य रहेको हुन्छ र यहि डाटा एक सपना (Dream) स्वरूप देखिने गर्दछ ।

कसैले आफ्नो बचपन मा गरेको, खेलेको, पढेको कुरा लाई याद गर्न कोसिस  भने जति कुरा याद आउँदछ ति कुरा मस्तिस्क मा सेभ भएर बसेको एक  डाटा  सर्च गर्दा भेटीए स्वरुप हुन्छ।

तर जतिकुरा याद आउँदैन ति  कुरा पनि मस्तिस्क को  मेमोरी भित्रै सेभ भएरै  बसेको हुन्छ तर जति बेला सोचिन्छ  (सोच्नुको मतलब सर्च गर्नु जस्तै हुन्छ ) त्यति बेला याद न आउनुको कारण सर्च गर्दा नभेटिएको स्वरुप हुन्छ ।

त्यसैले आफ्नो मस्तिस्क को प्रयोग मार्फत आफुले सोचेका कुरा झट्टै सम्झिन को लागि मस्तिष्क भित्र एक भिजुअलाइजेसन डाटा स्वरुप सोचेको कुरा लाई स्टेप बाइ स्टेप मिलाएर राख्ने हो भने हामीले सोचेको हरेक कुरा सपना (Dream) र बिपना मा पनि याद गर्न सकिन्छ। यो भनाइँ मेरो मात्र होइन विश्व का ठुला ठुला माइन्ड अध्ययन कर्ताहरुले पनि बताएको कुरा हो।

कतिपय व्यक्तिहरुले भन्दछन कि मैले देखेको सपना (Dream) प्राय बिपना मा मिल्दछ यो कुनै एक संयोग पनि हुन सक्छ भने कुनै  त्यस्ता व्यक्ति पनि  हुन्छन जो कुनै पनि विषयवस्तु को वारेमा गहिरिएर सोच्दछन।  तिनीहरुले देखेको सपना (Dream) प्राय बिपना मा पनि मिल्दछ।  तर यसको मतलब यो होइन कि हर कोहि ले भन्दैमा मिल्दछ।  को हि त्यस्ता व्यक्ति हुन्छन जो सम्भावित घटना वा विषयवस्तु लाई मन मनै गहिरो तरिका ले सोचेर एक भिउजुअलाइजेसन स्वरुप स्टेप स्टेप बाइ स्टेप विषय वस्तुलाई कलाउँदछन उनीहरु ले सपना (Dream)मा त्यो विषयवस्तु को बारेमा थप अन्य कुरा पनि देख्दछन जुन अवचेतन मन ले अटोमेटिक तरिका अनुसार देखउँदछ र उनीहरु को सपना (Dream) बिपना मा पनि मिल्दछ।

यी सबै कुराहरुको बारेमा थप जानकारी लिन को लागि इन्टरनेटमार्फत  रिसर्च गरी तपाईं आफैं पनि अध्ययन गर्न सक्नु हुन्छ।
Tags
Our website uses cookies to enhance your experience. Learn More
Accept !