तामाको जगमा राखिएको पानी पिउदा फाइदै फाइदा

Ms. Sarika

तामाको जगमा राखिएको पानी पिउदाा फाइदै फाइदा 

यो पोस्ट अति नै महत्वपुर्ण जानकारी को साथ उपस्थित भएको छ । यो पोस्ट ले दिने विशेष जानकारी ताम्रजल यानिकि तामाको जग मा राखिएको पानी किन पिउने ? के तामाको जग मा राखिएको पानी पिउन को कुनै खास महत्व छ ? भन्ने बारेमा र यसको फाइदाको बारेमा रहेको मुलभुत बिषयहरुलाइ यहाँ प्रस्तुत गरिएको छ‌।


स्वस्थ्य रहन को लागी प्राचीनकाल बाटै मानिसहरुले तामाको भाँडा प्रयोग गर्दथे । उक्त समयमा अहिले को जस्तो एलुमिनियम, स्टिल, प्लास्टिक, फोमबाट बनेका गिलास जस्ता कुनै  सामानहरु थिएनन ।

तत्कालीन समयमा तामाको भाँडा, तामाको सिक्का साथै माटोको भाँडाहरु आदि प्रयोग गर्दथे । उक्त समयमा तामाकै भाँडाकुडा मा पकाएर खाने चलन थियो र अहिलेपनि बुढाबुढी वा हजुरबा, हजुरआमाहरु भएको घरमा तामाकै भाँडोमा पकाएर, झर्के थाल या चरेसको थालमा भात खाने चलन रहेको छ । विभिन्न अतिथिहरुको सत्कार को लागि पनि झर्के थाल,झर्के बटुका मै खाना दिने चलन त्यो बेला देखि अहिले सम्म कायमै रहेको छ ।
भिडियो :
यस्ता किसिमका झर्के थालहरु तामा र अन्य धातु जस्तै टिन, म्यागनिजहरु मिसाएर झर्के थाल बनाइन्छ । यसमा खाना खानुको कारण पनि यही हो । करुवा वा लोटाबाट पानी पिउनु भन्नु को कारण पनि यहि हो । किनभने करुवा, लोटा पनि तामाबाटै बनिने गर्दछ ‌। तामाको लोटा, तामाको भाडो, तामाको जग अझैपनी  घरघरमा रहेको हुन्छ र लोटा बाटै अझैपनि पानी पिउने चलन छ । तामा कै गाग्री वा जगमा बेलुका पानी राखेर बिहान पिउने चलन पनि छ । जसलाई ताम्रजल भनिन्छ । ताम्रजल हाम्रो सरिर को लागी एकदमै महत्वपुर्ण इलेक्ट्रोलाइट हो ।

तामाको भाँडोमा पानी राखेर सधैं पिउँदा मात्रै पनी हामिलाइ धेरै गुणा फाइदा गर्दछ । तामाको भाडोमा राखिएको पानीलाइ ताम्रजल भनिन्छ । आयुर्वेदले  ताम्रजल लाइ महत्वपुर्ण अमृत मान्दछ । आयुर्वेदिक सिद्धान्त अनुसार  हाम्रो शरीर को तिन दोष (बाथ,कप,र पित्त) लाई ताम्रजल ले सन्तुलित बनाइराख्नको लागि मुख्य भुमिका निर्वाह गर्दछ । 

तर बढ्दो बिकास सँगै अनेकौं किसिमका भाँडाकुडाहरुको प्रयोग बढ्न थालेको छ । फोमबाट बनेका वा प्लास्टिक बाट बनेका गिलासहरुबाट पानी वा चिया पिउदा हामीलाइ क्यानसर हुने संभावना बढ्छ । त्यस्ता गिलास बनाउदा हालिएका केमिकलहरु तातो पानीको सम्पर्कमा आएपछि पानीमा मिसिन्छन् र हामीले त्यही पिउने गरिन्छ । प्लास्टिक को बोतल, प्लास्टिक को गिलासहरु बनाउदा प्रयोग गरिने केमिकलले हाम्रो शरीरमा सिधै क्यानसर निर्माण गर्ने सेलहरुको वृद्धि गराउदछ ।
तामाको भाँडोमा राखेर पिउने पानी भरसक रातभरी राखेर बिहान पिउने गर्नुपर्छ । किनभने ताम्रपानी पिउदा हाम्रो शरीरमा कपरको मात्रा पुरा हुने गर्छ । पानीलाई कम्तिमा ८ देखि १२ घण्टा राखिएको हुनुपर्छ ‌अनि मात्र पानीमा तामाबाट इलेक्ट्रोलाइट मिश्रण हुदछ । 

तामाको भाँडोमा रातभरी राखिएको पानीमा बिहान हेर्नुहोस त्यो पानी मा "तर" बसेको हुन्छ । हो, त्यही तरमा तामा कपर को मात्रा हुन्छ । तामाको भाडो लाइ सिधै जमिन यानिकि भुईमा नराख्नुहोस् र तामाको गिलास वा जग लाई दिनमा एकपटक मजाले मस्काउनुहोस  । किनभने  तामामा अक्सिनले प्रतिकृया गरेर तामाको जग वरिपरी एक प्ररकारको हरियो तह, कपर र अक्साइड बनाउने गदर्छ र तामा को जग मा हालेको पानीलाइ कपर अक्साइड ले गर्दा तामालाइ मज्जाले touch हुन दिदैन र त्यसमा राखेको पानी को कुनै महत्व हुुदैन । त्यसैले यसलाई मज्जाले सफा गरेर मात्र पानी राख्नुहोस । सफा गर्नलाइ निबुवा वा कागती को रसले सफा गर्दा एकदमै सफा बनाउदछ ।  तर अम्लिय पदार्थ धेरै समय सम्म भने तामा मा नराख्नु उचित हुन्छ । चट्ट सफाइ गर्ने र तत्काल धुने गर्नु पर्दछ । यो कुरामा ध्यान दिन पनि उत्तिकै जरुरी हुन्छ । 

अन्य अल्मुनियम को भाडामा राख्दा पनि यस्तो "तर" बस्दछ तर त्यस्तो पानीले फाइदा गर्दैन ।  तामाको भाँडोमा बसेको तर तामाको हो र तामा हाम्रो सरिर को लागी अति नै फाइदाजनक रहेको हुन्छ । तामामा जीवाणु मार्ने क्षमता हुन्छ । डाइरिया हुँदा तामाको भाँडोमा राखिएको पानी पिउनुपदर्छ । तामाको भाँडोमा रातभरी राखिएको पानी स्वत शुद्धीकरण भएको हुन्छ । तामाको भाँडोमा राखिएको पानी कहिल्यै पनि बासी मानिदैन र पानिको स्वाद मा परिवर्तन पनि आउदैन । तर पानी राख्दा ख्याल गर्नु पर्ने कुरा त्यही हो, सफा र किरा वा फोहोर नपर्ने तरिकाले ढाकेर राख्नु पर्दछ भने दैनिक तामाको भाडो सफाई गर्नु पर्दछ । 

ताम्रजल को फाइदाहरु :

ताम्रजल को सेवन बाट थाइराइडको सन्तुलन, रगतमा अक्सिजन को राम्रो सन्तुलन, पाचनतन्त्र को लागी पनि अति राम्रो गर्दछ । किनभने पेटमा भएका हानिकारक जिवाणु तामाको पानीले नस्ट गर्ने गर्दछ र पेटको पाचन सही ढ्ङगमा हुने गर्दछ । ताम्रपानी सधै पिउने गर्दा चोटपटक लाग्दा पनि छिटै निको बनाउछ । हार्ड जोर्नी दुख्नेहरुको लागी ताम्रजल अति राम्रो मानिन्छ । युरिक एसिडको समस्या हुनेहरुले ताम्रजल नियमित बिहान-बिहान पिउने गर्नुपदर्छ । रगतको कमि हुनेहरुको लागी तामाको पानीले फाइदा गर्दछ । तामापानी ले क्यान्सरको सेलहरुको निर्माण हुन दिदैन ।  ताम्रजल किटाणु नासक पनि हो । छालाको लागी र वजन घटाउन को लागी पनि ताम्रजल राम्रो मानिन्छ ।

शरीर को खराब टक्सिनहरुलाई हटाउन, शरीरमा मरेका सेलहरुलाई हटाउन तामाको पानी को सेवन दैनिक बिहान-बिहान गर्नुपर्दछ । तामाको भाँडोमा राखिएको पानी को सेवनले छिटो बुढ्यौली हुन बाट पनि रोक्दछ । तामामा एन्टिअक्सिडेन्ट रहेको हुन्छ जुन हाम्रो छालाको लागी नयाँ कोसिकाहरु बनाउन सहयोग गर्ने गर्दछ र हाम्रो उमेर बुढ्यौली लाग्दै गएपनी अनुहार झरिलो टाइपको हुने गर्दछ साथै उमेर बितेको पत्तो पनि हुदैन कारण उमेर बिते पनि शरीर एकदमै तन्दुरुस्त भै रहेको हुन्छ ।
उदाहरण को लागी घरमै हजुरबुबा, हजुरआमाहरु लाई हेर्नुहोस, उहिले को समयमा सबै सागपात, फलफुल, दहिमोही, घिउ, सबै अर्गानिक खाना खान्थे ।  ‌पानी समेत भिटामिन युक्त हुन्थ्यो । कल हुदैन थ्यो । कुवाको मुलको पानी पिउने गर्दथे । अझै पनि पहाडी मुलको पानी लाई इनर्जी युक्त पानी नै मानिन्छ । बैज्ञानिक हिसाब ले हेर्दा पनि  पहाडी मुल को पानी तराइ मुल को भन्दा धेरै इनर्जी भएको स्वच्छ पानी हुदछ । जुन हाम्रो शरीर को लागि अत्तिनै महत्वपूर्ण वास्तव मै Natural पानी हो ।

यो पोस्ट तपाइलाई कस्तो लाग्यो ? तपाइको राह्य, सुझाव र सल्लाह तलको कम्मेन्ट बक्स मा लेख्नु होस ।
Our website uses cookies to enhance your experience. Learn More
Accept !