नेपालमा कोरोनाको आतंक आयो भने यस्तो हुनेछ । Covid-19 Nepal

नेपालमा कोरोनाको आतंक आयो भने यस्तो हुनेछ । Covid-19 Nepal




तपाइँलाई थाहा छ, यतिबेला कोरोनाको दोस्रो लहर तिब्र गतिले चली रहेको छ । अघिल्लो साल २०२० मा आएको कोरोना भन्दा यो पटक आएको कोरोनाको महामारीले निकै ठुलो असर गरी रहेको देखिएको छ. बाटो बाटोमा मानिसहरु मरिरहेका छन्. भारतको घटना हेर्ने हो भने अक्सिजन नपाएरै मानिसहरु मरिरहेका छन्. लाश जलाउने ठाउँ नभएर मानिसरु जताततै खेतबारी मै लाश जलाउन थालेका छन्.

बिरामी भएकालाई अस्पतालमा उपचार गर्ने ठाउ छैन. कोरोना नलागी अरु नै विरामी भएकालाई पनि अस्पतालमा उपचार गर्ने ठाउँ नभएर मृत्यु दर बढी रहेको छ. 
औषधि को अभाव बढ्दै गएको छ. त्यसैले यो पटक कोरोनाले मात्र होइन कोरोना नभई अन्य रोग लागेका मानिसले पनि उपचार नपाएर ज्यान गुमाउनु पर्ने बाध्यता भएको छ. यदि भारतको जस्तो कोरोनाको यस्तै आतंक नेपालमा पनि भई दियो भने नेपालमा अहिलेको भन्दा धेरै गुणा मानिहरुको मृत्यु हुने सम्भावना देखिएको छ.

नेपाल गरिब देश हो । यहाँ अहिलेको सामान्य अवस्थामा पनि अस्पतालको अभाव छ . भारतको जस्तो कोरोनाको आतंक नेपालमा पनि यदि भई दियो भने तपाइँ हाम्रै परिवार को सदस्य ले पनि उपचार नपाएर मर्नु पर्ने बाध्यता सिर्जना हुनेछ. अघिल्लो समय जति कोरोनाको महामारी फैलिएको थियो त्यो भन्दा तिब्र गतिले यो पटक कोरोना फैलिएको छ.

जब कोरोना एक व्यक्तिबाट दोश्रो व्यक्तिमा सर्छ र दोश्रोबाट तेश्रो व्यक्ति तेश्रोबाट चौथो हुँदै हजारौं / लाखौँको संख्यामा कोरोना सर्छ तब प्राकृतिक तरिका अनुसार भाइरसको रुप परिवर्तन भई नयाँ प्रकारको भाइरस उत्पन्न हुने गर्छ. यसलाई बैज्ञानिक भाषामा म्युटेसन भनिन्छ.

यो पटक भारतमा फैलिएको कोरोनाको महामारी डबल म्युटेसन भएको भाइरस भनी बिज्ञहरुले बताएको छन्. कोरोना भाइरस जति म्युटेसन हुँदै गएको छ उति नै यो खतरनाक पनि बन्दै गएको र लाखौँ को संख्या मा कोरोना फैलिएको र मृत्युदर बढेको विज्ञहरुले बताइ रहेका छन्. मानिस कोरोनाले मात्र मरी रहेको छैन तर कोरोनाको कारण अन्य विरामीले पनि उपचार गर्ने ठाउ नपाएर मरी रहेका छन्.

कोरोना लाग्दा अक्सिजन दिएर उपचार गरे बाँच्न सक्ने मानिस पनि अक्सिजन नपाएर मरी रहेका छन्. भारत र नेपाल खुल्ला सिमा भएको कारण बेलैमा ध्यान दिएनौँ भने भारतबाट नेपालमा पनि यो डबल म्युटेसन भएको कोरोना भाइरस फैलिन अब धेरै समय लाग्दैन ।

त्यसैले अब फेरी पनि सबैले सचेत हुनु पर्ने अवस्था आएको छ । भारतबाट यो डबल म्युटेसन भएको यो भाइरस विश्व भरी फैलिने संभावना अत्यधिक बढी देखिएको छ. यदि यस्तो भयो भने विश्व फेरी एकपटक लकडाउनमा पर्ने छ र महंगी, रोजगार गुमाउनु पर्ने अवस्था र भोकमरी फेरी पनि सुरुवात हुनेछ.

Read More:

डबल म्युटेसन भएको भाइरसले स्पाइक प्रोटिन संग सम्बन्ध नराखेको देखिएको छ जसको असर भ्याक्सिन लगाएकोलाई पनि यो कोरोना सर्न सक्ने सम्भवना देखिएको छ. यस्ताे हुँने सम्भावना देख्दा, करोडौं खर्च गरी बनाएको कोरोनाको भ्याक्सिनले अब काम नगर्ने पो हो कि भन्ने ठुलो डर फैलिएको छ ।

भ्याक्सिन लगाएकोलाई पनि फेरी कोरोना लाग्ने हो कि भन्ने डर फैलिएको छ. यदि त्यसो भयो भने झन् कोरोनाले कति सम्म असर गर्ने हो अहिले नै भन्न सकिने अवस्था छैन । कोरोनालाई नियन्त्रण गर्नको लागि सबै भन्दा मुख्य जडी उपाय नै लकडाउनको पालना गर्नु पर्ने अवस्था आएको छ.

लकडाउन गरेर कोरोना नियन्त्रण धेरै हद सम्म कन्ट्रोल हुन्छ तर भोकमरीको समस्या उत्पन्न हुनेछ. हजारौं मानिसहरु छन् जो दिन भरी कमाएको पैसाले बेलुका को छाक टार्दछन् . तिनीहरुको हालत के हुन्छ ? भन्न सकिने अवस्था छैन. पठन-पाठन बन्द भएर विद्यार्थीको भविष्यमा निकै ठुलो असर परिरहेको छ यसबाट विद्यार्थीहरुको भविष्य नै डामाडोल हुन सक्ने सम्भावना बढेको छ.

सामाजिक संजालमा विभिन्न भिडियोहरु देखिने गर्छ. जहाँ भनिएको छ कि २४ सै घण्टा मास्क र सेनिटाइजर लगाएर शरीरमा नकारात्मक असर परी रहेको छ. २४ घण्टै मास्क लगाउँदा फोक्सोमा असर परेको र २४ घण्टै सेनिटाइजर लगाउँदा अल्कोहलको असर लिभरमा परेको भन्ने भनाइ पनि सुनिँदै आइएको छ.

यदि यी कुरा सत्य रहेछन् भने माक्स, सेनिटाइजर नलगाउदा कोरोना लाग्ने डर, लगाउ त अर्को असर हुने संभावना बढ्ने छ. त्यसैले यसको सहि उपाय भनेको नै घर बाट बाहिर ननिस्किनु नै उचित देखिएको छ. घर बाहिर न हिँडे पछि न मास्क चाहिन्छ न सेनिटाइजर ।

विज्ञहरुले भनी रहेका छन् कोरोनाले आफ्नो स्वरूप परिवर्तन गरी रहेको छ र जति कोरोनाको स्वरूप परिवर्न हुँदै गएको छ उति कोरोना खतरनाक बन्दै गएको छ. मानौँ मोबाईलको सफ्टयरहरू अपडेट भए जसरी कोरोना भाइरस पनि अपडेट भई रहेको छ ।

यसरी नै कोरोना बारम्बार म्युटेसन हुँदै खतरनाक बन्दै गयो भने भोलिको दिनमा अझै मानिस तिब्र गतीले मर्ने सम्भावना देखिएको छ.

त्यसैले अब सवैले आफ्नो-आफ्नो ठाउँबाट आफुले सके सम्म कोरोना नियन्त्रण गर्न तिर ध्यान दिनु पर्ने अवस्था आएको छ. सबैले सचेत भएर कोरोना नियन्त्रण गर्न तिर ध्यान दिँदा कोरोना थप बढ्न सक्दैन यस्तो हुँदा थप म्युटेसन हुन पाउँदैन । कोरोना नियन्त्रण भए सबैको भविष्य उज्वल बनाउन सकिन्छ.

कोरोना फैलिनु को मुख्य कारण हामी नै हो. हामीले नै आफनो सिमा त्यागी रहेको छौ. तर अब हामी सबै सचेत हुनु पर्छ र आफ्नो-आफ्नो ठाउँबाट कोरोना नियन्त्रण गर्न तिर ध्यान दिनु पर्ने भएको छ।




DISCLAIMER: "नेपाली हेल्थ मीडिया डट कम" अनलाईन वेबसाइटमा प्रकाशन गरिएको आर्टिकलहरु केवल सूचना र सामान्य जानकारीको उद्देश्यको लागि मात्र हो. यो कसैको व्यक्तिगत परिस्थिति, पेशेवर चिकित्सा, निदान वा उपचारको विकल्पको लागि होइन. Read More...