छाती पोल्ने, अमिलो पानी आउने समस्या ग्यास्ट्रिक कै समस्या हो. ग्यास्ट्रिक हुँदा छाती पोल्नु भनेको एसिड रिफ्लक्स (Acid Reflux) भएर छाती पोलेको हुन्छ.
हाम्रो पेटमा खाना पचाउने पाचन रस हुन्छ. जुन पाचन रस पेटबाट माथि मुख तिर फर्किंन आएमा उक्त एसिड ले खाध्य नली (Esophagus) को तल्लो भागमा असर गर्छ र छाती पोल्ने गर्छ.
यो माथिको फोटोमा देखाइएको अनुसार कालो घेरा लगाइएको नली, हामीले खाएको खाना पेटमा पुग्ने खाध्य नली हो. मुख देखि खाना पेट सम्म जोडिएको यो खाध्य नलीलाई इसोफेगस / ओसोफैगस (Esophagus) भनिन्छ.
यो खाध्य नलीको तल्लो भाग Lower Esophagus मा अर्थात पेटको माथिल्लो भागको जोड्तीमा एउटा भल्भ हुन्छ. जुन भल्भ खाना खाएको बेला खुल्छ र पेटमा खाना झरी सक्दा आफैं बन्द हुन्छ.
तर यो भल्भमा समस्या भई पेटको पाचन रस (एसिड ) माथि तिर फर्किएमा अर्थात भनौं खाध्य नलीको तल्लो भाग (Lower Esophagus) तिर फर्किएमा छाती पोल्ने गर्छ. यसलाई ग्यास्ट्रिक (Gastric/Gastritis) को कारण छाती पोलेको भन्ने गर्छौं यो पनि एक ग्यास्ट्रिक कै समस्या अन्तर्गत पर्ने एसिड रिफ्ल्क्स (Acid Reflux) को समस्या हो.
ग्यास्ट्रिक पेटको समस्याले हुने हुँदा ग्यास्ट्रिक को उपचार (Gastric Treatment) गर्नको लागि सबै भन्दा पहिला खानपानमा ध्यान दिनु पर्छ. ग्यास्ट्रिक (Gastritis) बाट बच्ने उपाय नै स्वस्थ्य खानपान गर्नु हो. हामीले स्वस्थ्य खाना सेवन गर्दा हाम्रो पाचन प्रणाली मजबुत हुन्छ र पेटमा समस्या उत्पन्न हुन पाउंदैन र ग्यास्ट्रिकको समस्या उत्पन्न हुनबाट बच्न सकिन्छ.
ग्यास्ट्रिक खानाको कारण मात्र नभएर विभिन्न किसिम रोगहरुको औषधी सेवन गर्दा पनि ग्यास्ट्रिक हुने गर्छ. विभिन्न रोगहरुको औषधि सेवन गर्दा ग्यास्ट्रिक नियन्त्रण गर्न डाक्टरले अन्य रोगको औषधि संगै ग्यास्ट्रिकको औषधि पनि दिएका हुन्छन्.
जुन औषधि डाक्टर ले दिएको सल्लाह अनुसार नियमित सेवन गरे सो औषधिले ग्यास्ट्रिक बढ्न दिदैन र अन्य रोगको औषधि सेवन गर्दा पनि ग्यास्ट्रिकको समस्या हुन बाट बच्न सकिन्छ.
कहिले काँही गलत खानपानको कारण, रक्सि सेवन गर्दा, बासि खान खाँदा वा केमिकल रियाक्सन भई पेट बिग्रिएर के हि दिन ग्यास्ट्रिक हुन्छ र के हि दिन पश्चात आफैं ठिक हुने पनि हुन्छ. यस्तो किसिमको ग्यास्ट्रिकलाई तेस्रो प्रकारको ग्यास्ट्रिक (Type C Gastric) रुपमा चिनिने गरिन्छ.
त्यसैगरी पेटमा ब्याक्टेरिया (Bacteria) को कारण पनि ग्यास्ट्रिक हुने गर्छ. हाम्रो पेटमा एच. पाइलोरी संक्रमण (H. pylori Bacteria Infection) अर्थात् भनौं हेलिकोबैक्टर पायलोरी ब्याक्टेरिया (Helicobacter pylori) को कारण पनि ग्यास्ट्रिक (Gastric) हुने गर्छ. कुनै व्यक्तिलाई एच. पाइलोरी ब्याक्टेरिया संक्रमण (H. pylori Bacteria Infection) भएको छ भने यसले पेटमा अल्सर (Ulcer) समेत गराउन सक्छ.
यस्तो हुँदा ग्यास्ट्रिकको उपचार (Gastric Treatment/ Gastritis) चाँडो भन्दा चाँडो गर्नु पर्दछ. यसरी एच. पाइलोरी (H. pylori Bacteria) ब्याक्टेरियाको कारण हुने ग्यास्ट्रिक लाई पहिलो प्रकारको ग्यास्ट्रिक (Type A Gastric) को रुपमा चिनिन्छ. Read More....
DISCLAIMER: "नेपाली हेल्थ मीडिया डट कम" अनलाईन वेबसाइटमा प्रकाशन गरिएको आर्टिकलहरु केवल सूचना र सामान्य जानकारीको उद्देश्यको लागि मात्र हो. यो कसैको व्यक्तिगत परिस्थिति, पेशेवर चिकित्सा, निदान वा उपचारको विकल्पको लागि होइन. Read More...