सेतो कपाल: कपाल फुल्ने समस्याको कारणहरु Causes of White Hair in Nepali

Kalpana
Causes of White Hair in Nepali
(toc)

सानै उमेरमा सेतो कपाल हुने (कपाल फुल्ने) समस्या एक आम समस्या हो । बृद्द उमेरमा सेतो कपाल हुनु (कपाल फुल्नु) सामान्य मानिएता पनि जवान उमेर मै कपाल फुल्नु यो सामान्य मान्य सकिंदैन । यसले शरीरमा कुनै पनि समस्या भएको शारिरिक अवस्थाको लक्षणको रुपमा देखाएको हुन सक्छ ।

कपाल फुल्ने समस्याको बारेमा बुझ्नको लागि सर्वप्रथम हामीले कपालको बनावट र कपाल बन्ने प्रकियालाई बुझ्नु पर्छ । त्यसपछि हामी कपाल सेतो हुने, खैरो हुने कारणलाई लाई सजिलै बुझ्न सक्छौं । कपालको गहिराई तिर प्रवेश गरी कपाल फुल्ने कारण पत्ता लगाएर हामी कसरी कपाल फुल्ने समस्याबाट बच्न सक्छौं ? भन्ने बारेमा थोरै चर्चा गरौँ ।

हाम्रो टाउकोको छालाको भित्री भाग र मासुको बाहिरी भागमा डर्मिस नामको एक तह हुन्छ । उक्त तहमा एक प्रकारको अल्फाकिराटिन नामक प्रोटिनबाट कपालको निर्माण हुन्छ र फोलिकल्सको माध्यमबाट कपाल बाहिर छालाको सतहमा आइपुग्छ जसलाई कपाल उम्रिएको भनेर बुझ्न सकिन्छ ।

फोलिकल्स भनेको हाम्रो छालाको बाहिरी भागमा हुने गोलो-गोलो आकारमा देखिने स-साना कपाल पलाउने प्वालहरुको सँरचना हो । छालामा रहेको मसिना गोलो-गोलो प्वालहरुको सबैभन्दा तल्लो तहबाट कपाल बढ्न थाल्छ र कपाल छाला बाहिर निस्कन्छ ।

सिधा रुपमा भन्ने हो भने छालाको भित्री भागबाट कपाल बनाउने सेलहरुको बिकासभई छालाको प्वालबाट बिस्तारै छालाको बाहिरी सतहमा कपाल आइपुग्छ ।

कपाल जहांाँ बनिन्छ त्यो भागको छेउमा एक सेबासियस नामको ग्रन्थी हुन्छ । यो ग्रन्थीले कपाललाई नरम, मुलायम बनाउन चाहिने र कपाललाई आवस्यक पर्ने पोषण दिन एक प्रकारको तेल उत्पादन गर्छ । त्यही ग्रन्थीबाट उत्पादन भएको तेल मार्फत नै कपालले पोषण प्राप्त गर्दछ ।

एउटा मानिसको टाउकोमा करीब १ लाख कपाल र कपाल पलाउने प्वालहरु रहेका हुन्छन् र दैनिक ५० देखी १०० वटा कपाल आयु सकिएर झर्ने गर्छन् । (अनुमानित )

कपाल उम्रिने वा बनिने प्रकिया कपालको जराको भागमा हुन्छ । हाम्रो शरीरमा कपालको रङ बनाउने मेलानिन नामक पिग्मेन्टबाट कपालको रङ कालो भएको हुन्छ ।

मेलानिन कै कारण कपाल कालो, सेतो, खेैरो हुने हो । Eumelanin pigment ले कपाल कालो बनाउछ र pheomelanin pigment ले कपाल रातो र छाला गोरो-रातो वर्णको बनाँउछ ।

यी सबै pigment लाई कन्ट्रोल गर्ने काम तपाईंको जिनले गर्दछ र तपाईंलाइ गोरो, कालो बनाउने फाइनल निर्णय वंशाणु गत गुणमा रहन्छ र त्यही अनुरुप कुन मेलानिन उत्पादन गर्नुपर्ने हो त्यही मेलानिन शरीरले उत्पादन गर्न थाल्छ ।

जब तपाँईको शरीरमा मेलानोसाइटिस सेलले मेलानिन को उत्पादन गर्न छोड्छ तब कपाल सेतो भएर फुल्न सुरु हुन्छ । कपालको जराको भित्री भागमा मेलानिन रहेको हुन्छ र यसैले कपाललाइ कालो बनाइराख्ने हो तर जब कपालको भित्री जरामा मेलानिनको उत्पादन कम हुँदै जान्छ तब कपाल पनि खैरो, रुखो र सेतो हुँदै जान्छ ।

मेलानिन उत्पादनमा कमी हुँदै - हुँदै जाँदा एक दिन पूर्ण रुपमा मेलानिन उत्पादन हुन छोड्छ र कपाल सेतो भएर कम उमेरमै फुल्न जान्छ ।

कपाल फुल्ने कारण यति मात्र छैन । यसका अन्य कारणहरु पनि हुन्छन् । जसको बारेमा तल चर्चा गरिएको छ ।

जेनेटिक गुणको कारण (Genetic Reason) :

तपाँइको कपाल सानै उमेरमा फुल्न सुरु गर्यो भने तपाईंको परिवार भित्र बुबा, हजुरबुबाहरुमा पनि यो गुण रहेको हुन सक्छ ।

जेनेटिक गुणको कारण सानै उमेरमा कपाल फुल्न थालेमा यसको अन्तिम उपाय कपालमा कालो लगाउने हो । किनकी वंशाणुगत गुणलाई केही गरेपनि परिवर्तन गर्न सकिदैन ।

भिटामिन B-12 को कमी (Vitamin B12 Deficiency):

कपाल फुल्ने कारणहरु मध्यमा भिटामिन B12 को कमीका कारण कपाल फुल्नु एक मुख्य कारण अन्तर्गत पर्दछ ।

यदी सानै उमेरमा कपाल फुल्छ भने तपाईंलाइ भिटामिन B-12 को कमी (vitamin B12 Deficiency) भएको हुनसक्छ । यदि तपाईं शाकाहारी हो भने भिटामिन बि-12 अवश्य कमि भएको हुन सक्छ ।

भिटामिन बि १२ ले स्वस्थ रातो रक्तकोषको निमार्ण गर्दछ, रगत बनाउने काम गर्छ र उक्त रगतले अक्सिजन बोकेर शरीरभरी, कपालको जरा सम्म पुराउने काम गर्छ र मेलानिनको उत्पादन हुन्छ र यसै मार्फत स्वस्थ कपाल ,कालो कपाल र मुलायम कपाल भई रहन्छ । तर यदि भिटामीन बी १२ कमी भयो भने यो प्रकृयामा गडबड हुन जान्छ र कपाल फुल्ने समस्या उत्पन्न हुदछ ।

भिटामिन बि -१२ पाउनको लागि माछा,मासु र अण्डा प्रसस्त खानु पर्छ ।माछा मासु र अण्डामा प्रसस्त भिटामीन बी १२ प्राप्त हुन्छ । तर दुध आइटम, चिजहरुमा कम मात्रामा भिटामीन बि १२ पाइन्छ । त्यसैले कपाल फुल्ने समस्या भएमा भिटामीन बी १२ शरीर मा बनाई राख्न जरुरी रहेको हुन्छ ।

चुरोटको सेवन (Smoking):

यदि तपाईं चुरोट (smoke) तान्नुहुन्छ भने तपाइँमा पनि कपाल फुल्ने समस्या भएको हुन सक्छ । चुरोटले रक्तनलीहरु नस्ट गर्दै जान्छ र कपालको फोलिकल्स सम्म रगत र अक्सिजन पुग्न नसकेर मेलानिन उत्पादन बन्द हुन्छ र कपाल फुल्न थाल्छ ।

थायराइडको समस्या भएमा (Thyroid Disease):

थायराइड को समस्या (Thyroid Disease) हुँदा पनि मेलानिन उत्पादन कम हुन जान्छ । थायराइड (Thyroid) समस्या भएपछी कि थोरै हर्मोन बनिन्छ कि धेरै बनिन्छ ।

यसरी थायराइडमा समस्या आउँदा यसको सिधै असर मेलानिन उत्पादनमा पर्छ र कपाल फुल्ने समस्या उत्पन्न हुने गर्छ ।

अटोइम्युन रोग भएमा (Autoimmune Disease):

अटो इम्युन रोग भएका मानिसहरुको पनि कपाल बेलैमा फुल्न थाल्छ । किनकि इम्युन सिस्टमले आफ्नै शरीरको सेलहरुमा आक्रमण गर्न थाल्छ रf मेलानिन उत्पादन हुन छोड्छ ।

तनाव-चिन्ता लिएमा (Stress):

यदि तपाइ धेरै तनाब चिन्ता लिनुहुन्छ भने तपाईंको कपाल कम उमेरमै फुल्ने गर्छ। तनाब चिन्ताले निन्द्रा लाग्दैन । निन्द्रामा समस्या आए पछि मेलानिन्मा समस्या आई कपाल फुल्ने समस्या उत्पन्न हुन जान्छ ।

कपाल कालो बनाउने प्राकृतिक तरिका (White hair natural Treatment)

यदि वंशानुगत गुणको कारणले कपाल फुलेको हो भने कपाललाइ प्राकृतिक रुपमा कालो बनाउन सकिदैंन । तर भिटामिनको कमी ले, तनाब चिन्ता ले, थाइराइडको समस्या आदिन्जस्ता शारिरिक समस्या को कारण ले हो भने उक्त समस्या को उपचार गर्दै दैनिक शारिरिक कसरत गर्दा कपाल कालो भएर आफैँ उम्रिन सक्छ तर यसमा १००% ग्यारेन्टी भने हुँदैन । किनकी मेलानिन उत्पादनमा सुधार आयो भने कपाल कालो हुने कुरा हो । तर मेलानिन उत्पादन हुनै सकेन भने हुने कपाल कालो हुन सक्दैन ।

Read More:
Our website uses cookies to enhance your experience. Learn More
Accept !