नेपालमा 5.1 Magnitude को भूकम्प, घर बाहिर मान्छे | Earthquake in Nepal Today

नेपालमा 5.1 Magnitude को भूकम्प, घर बाहिर मान्छे | Earthquake in Nepal Today




Earthquake in Nepal Today चैत 23 गते सोमबार राती नेपाली समयनुसार ठिक 9 बजेर 4 मिनेट 58 सेकेण्ड (9:04:58) समयमा 5.1 Magnitude को भूकम्प गएको थियो ।

यो भूकम्प (Earthquake) भारत (India) को Gangtok नजिक, Gangtok बाट करिब २६ कि.मी पूर्व-दक्षिण (East-Southeast), सिक्किम-नेपाल बोर्डर(Sikkim-Nepal Border) मा केन्द्रबिन्दु (Epicentre) बनाई आएको थियो ।

 5.1 Magnitude को भूकम्पले भारतको, बिहार (Bihar), पश्चिम बंगाल (West Bengal, कालिङपोङ (Kalimpong), दार्जिलिङ(Darjeeling), सिलीगुड़ी (Siliguri), गुवाटी (Guwahati,), जल्पाईगुरी (Jalpaiguri), जाइगन देखि भूटानको थिम्पु (Thimphu) हुँदै नेपाल (Nepal) को पूर्वी क्षेत्रमा (Eastern Region of Nepal ) यो भूकम्प (Earthquake) को झट्का बढी मात्रामा महसुस भएको थियो । सोमबार राती आएको 5.1 Magnitude को भूकम्पले काहीँ कतै कुनै क्षति नभएको स्रोत ले बताएको छ ।

यसरी भुकम्पको धक्का महसूस हुने बितिक्कै अधिकांश क्षेत्रका  मानिसहरू घर बाहिर खुल्ला ठाउँमा  निक्सिएका थिए ।  सोमबार  यहाँ मात्र होइन विश्वको विभिन्न देशहरूमा भूकम्प आई रहेको थियो ।

नेपालमा भुकम्प को झट्का आउनु भन्दा करिब एक घण्टा अघि North Pacific Ocean मा 5.0 Magnitude को भूकम्प आएको थियो ।

यसरी विभिन्न सामुन्द्रिक इलाकाहरुमा भूकम्प आउँदै गर्दा सिक्किम- नेपाल बोर्डरमा पनि इपि सेन्टर बनाई 5.1 Magnitude को भूकम्प आएको थियो ।

सोमबार मात्रै विश्व भरीमा ६ भागहरुमा इपी सेन्टर बनाई 5.0 Magnitude  देखि  6.2 Magnitude सम्म को भूकम्प आई रहेको थियो.






DISCLAIMER: "नेपाली हेल्थ मीडिया डट कम" अनलाईन वेबसाइटमा प्रकाशन गरिएको आर्टिकलहरु केवल सूचना र सामान्य जानकारीको उद्देश्यको लागि मात्र हो. यो कसैको व्यक्तिगत परिस्थिति, पेशेवर चिकित्सा, निदान वा उपचारको विकल्पको लागि होइन. Read More...


ads

ads