पायल्स (हर्सा) के हो ? पायल्सको ४ वटा स्टेजहरु | Piles in Nepali | Hemorrhoid in Nepali

Kalpana

पायल्स (हर्सा) के हो ? Piles in Nepali

पायल्सलाई विभिन्न भाषा अनुसार अनेक नामले चिनिन्छ. पायल्सलाई कसैले पाइल्स भन्छन, कसैले हर्सा भन्छन कसैले हिन्दिमा बबासिर भन्छन त कसैले अंग्रजीमा Piles वा Hemorrhoid भन्छन्. जसले जुन नामले चिने पनि समस्या र रोग भने एकै हो. 
पायल्स (Piles) एक मलद्वार सम्बन्धि रोग हो. पायल्स (Piles) हुँदा मलद्वारमा समस्या भएको हुन्छ. पयाल्स हुँदा मलद्वारमा भएका मांसपेशीहरु सुनिन्छन. दिसा गर्दा दिसामा रगत (Blood in Stool) आउने, दिसा गर्दा पोल्ने (Burning) वा दिसा गर्ने अंग "मलद्वार" मा मासुको डल्लो पलाउने जस्ता समस्या देखिने हुन्छ. 

पायल्स (Piles) हुने कारण विभिन्न हुन्छन जसमध्य कब्जियत (Constipation) को समस्या हुनेहरुमा पायल्स (Piles) हुने संभावना अत्यधिक बढी हुँदछ. आधुनिक समयमा विभिन्न तरिका अनुसार मिठो स्वादको खाना बनाउन प्रयोग गरिने विभिन्न खानेकुराहरुले हाम्रो शरीरमा असर गर्न सक्छ. स्वादको लागि मिठो खाना भए पनि पेटको लागि उक्तखाना असरदार हुन सक्छ. त्यस्तै विभिन्न किसिमका खानाको कारण हाम्रो पेटमा समस्या उत्पन्न हुदछ. 
ग्यास्ट्रिक (Gastric) बढ्ने र कब्जियत (Constipation) हुनेको संख्या हिजोआजको समयमा अत्यधिक बढी छ. हर कोहीलाई ग्यास्ट्रिक (Gastric) को समस्या हुने गर्छ र यसैबाट कब्जियत (Constipation) हुने गर्छ. कब्जियत (Constipation) सधैं हुने गर्दा दिसा समयमा नलाग्ने वा दिसालागे पनि सजिलै दिसा नआउने र कनेर दिसा गर्नु पर्ने हुन्छ. सधैं यसरी नै कनेर दिसा गर्नु परे पछी मलद्वारको मुखमा भएका रगतका स-साना रक्तवहिका नलीहरु (Tiny Blood vessels) मा असर पर्दछ. 

मलद्वारको मुखमा भएका ती स-साना रक्तवहिका नलीहरु (Tiny Blood vessels) मा असर पर्न गएपछी ती नसाहरु फुल्लिने, च्यातिने, तन्किने वा ती नसाहरुमा सुन्निने र त्यहाँ घाउ हुने गर्छ. त्यसपछि जब दिसा गर्न बसिन्छ तब उक्त मलद्वारको नसाबाट दिसामा रगत आउने गर्छ. यसैलाई नै पायल्स (Piles) भनिन्छ.
यदि ती नसाहरु तन्किएर लामो भएको छ भने मलद्वारबाट बाहिर निस्कने पनि हुन्छ र अत्याधिक दुखाई हुने गर्छ. पायल्स (Piles) हुँदैछ भन्नेकुरा सुरुको स्टेज (First stage) मै थाहा पाउन सके औषधि (Medicine) सेवन गरी पायल्सबाट छुटकारा पाउन सकिन्छ. तर यदि पायल्स (Piles) भएको कुरा सुरुमा थाहा नपाए यसबाट जटिल स्थिति र अत्याधिक दुखाई (Pain) भोग्नु पर्ने हुन सक्छ. यस्तो हुँदा औषधिले पायल्स (Piles) ठिक नहुने र अप्रेसन (Piles Operation) नै गर्नु पर्ने स्थिति पनि आउन सक्छ. 

पायल्सका प्रकारहरु (Types of Piles in Nepali) :

पायल्सहरु २ प्रकारका हुन्छन्. जसलाई भित्रि पायल्स र बाहिरि पायल्स भनिन्छ. 
  1. भित्रि पायल्स (Internal Piles)
  2. बाहिरि पायल्स (External Piles)

भित्रि पायल्स (Internal Piles) :

भित्रि पायल्स (Internal Piles) भन्नाले मलद्वारको भित्रि भागमा हुने पायल्सलाई बुझाउँदछ. मलद्वारको मुखको भित्री भागमा स-साना रक्त वहिकानलीहरु हुन्छन्. विभिन्न कारणले यी ससाना मलद्वारको भित्री रक्तवहिका नलीहरुमा असर पर्न गए यी नसाहरु मा घाउ हुने, सुन्निन्ने फुल्ने वा तन्किने जस्ता समस्या आउँने गर्छ र भित्रि पायल्स (Internal Piles) हुने गर्छ. यो भित्रि पायल्स (Internal Piles) हुँदा बाहिरबाट हेर्दा देखिँदैन तर दिसा गर्दा भने रगत आउने गर्छ. भित्रि पायल्स (Internal Piles) हुँदा बाहिरि पायल्स को भन्दा कम्ति दुखाइ हुन्छ. तर रगत भने धेरै मात्रामा दिसामा आउने गर्छ. 

बाहिरि पायल्स (External Piles) :

बाहिरि पायल्स (External Piles) भन्नाले मलद्वारको मुखको बाहिरी भागमा मासुको डल्लो पलाउने हुने गर्छ. बाहिरि पायल्स (External Piles) हुँदा अत्यधिक दुखाई हुन्छ. बस्न, दिसा गर्न निकै नै कठिन हुने र पोल्ने समस्या बाहिरि पायल्स (External Piles) मा हुने गर्छ. बाहिरि पायल्स (External Piles) हुँदा मलद्वारको मुखमा हेर्दा सजिल्यै सानो मासुको डल्लो देखिन सकिन्छ. यो पायल्समा दिसामा रगत खासै नआउने भए पनि अत्याधिक दुख्ने र पोल्ने गर्छ.

पायल्सको स्टेजहरु (Stages of Piles in Nepali)

पायल्सको ४ वटा स्टेजहरु हुन्छन्. जसलाई पहिलो, दोस्रो, तेस्रो र चौथो स्टेजमा विभाजन गरिएको छ.  
  1. पहिलो स्टेजको पायल्सको (Stage 1 Piles)
  2. दोस्रो स्टेजको पायल्स (Stage 2 Piles)
  3. तेस्रो स्टेजको पायल्स (Stage 3 Piles )
  4. चौथो स्टेजको पायल्स (Stage 4 Piles)

पायल्सको पहिलो स्टेज (Stage 1 Piles) :

पहिलो स्टेजको (Stage 1 Piles) पायल्स हुन सुरुभएको पहिलो स्टेज हो. यो बेला पायल्सका के हि लक्षणहरु देखिने गर्छ. मलद्वार चिलाउने, जतिबेला पनि मलद्वार कनाईरहनु पर्ने हुन्छ. दिसामा रगत देखिने गर्छ. पायल्सको पहिलो स्टेज (Stage 1 Piles) हर कोहिलाई हुने गर्छ र यो पायल्स आफैं हुने र आफैं हराएर पनि जाने हुन्छ. तर कतिपय अवस्थामा यो पायल्सको पहिलो स्टेज (Stage 1 Piles)मा पायल्स आफैं ठिक हुन सक्दैन र बढ्दै बढ्दै गइ दोस्रो स्टेज (Stage 2 Piles ) मा परिणत हुन पुग्छ र पायल्स बढ्ने क्रम अझ तिब्र रुपमा हुन पुग्छ. 

पहिलो स्टेज (Stage 1 Piles)को पायल्स भएको थाहा पाउने वितिक्कै खानामा ध्यान दिने र खानालाई सुधार गर्ने हो भने यो पायल्स के हि दिनमा आफैं ठिक हुँदछ वा ठिक नभए तुरन्तै मेडिकल चेक जाँच गरी औषधि सेवन गरे दोस्रो स्टेजमा परिणत हुन पाउँदैन र के हि दिनमा आफैं ठिक हुने गर्छ.  पहिलो स्टेजको पायल्स हुँदा मलद्वार भित्रको नसाहरु सुन्निएको, फुल्लीएको वा ती नसामा असर परेर घाउ भएको हुन्छ. तर बढेको हुँदैन. यो बेला ख्याल गरे वा औषधि खाए के हि दिन मै ठिक हुनेछ. 

पायल्सको दोस्रो स्टेज (Stage 2 Piles) :

पायल्सको दोस्रो स्टेज (Stage 2 Piles) पहिलो स्टेजको पायल्सको विकसित रुप हो. जब पहिलो स्टेजको पायल्स हुन्छ तब उक्त पायल्स आफैंमा ठिक हुन सकेन र थाहा नपाएर औषधि सेवन गरिएन भने पहिलो स्टेजबाट दोस्रो स्टेजमा विकास भै हुने पायल्स हो. यसलाई सजिलो तरिकाले बुझ्ने हो भने पायल्सको समस्याको सुरुवातको विकसित रुप हो. 

पहिलो स्टेजमा पायल्स थाहा नपाए पनि यो दोस्रो स्टेजमा पुगे पछी पायल्स भएको कुरा थाहा पाए तुरन्तै मेडिकल चेकजाँच गरी औषधि सेवन गर्नु पर्छ. पायल्सको दोस्रो स्टेज (Stage 2 Piles) लाई औषधि सेवन गरेर ठिक गर्न सक्नु हुनेछ. खानामा सुधार गर्दै समयमा थाहा पाएर पायल्सको दोस्रो स्टेज (Stage 2 Piles) लाई विकास हुन दिइएन भने यो पायल्सको दोस्रो स्टेज (Stage 2 Piles) को पायल्स विस्तारै ठिक हुनेछ. 

दोस्रो स्टेजको पायल्समा मलद्वार भित्रको नसामा भएको घाउ, सुन्निएको, फुल्लीएको विकसित रुप भै ती नसाहरु थोरै मात्रामा तन्किएको अवस्था हो. यो अवस्थाको पायल्स हुँदा मलद्वार भित्रको ससाना रक्त वहिकाहरु नसाहरु तन्किएर मलद्बाबाट बाहिर निस्कने प्रकियामा रहेको हुन्छ तर मलद्वारबाट बाहिर निस्की गएको भने हुँदैन तर विकास हुने क्रममै रहेको हुन्छ. यहि बेला औषधि गरि हालेमा पायल्स औषधिले नै ठिक हुनेछ.

पायल्सको तेस्रो स्टेज (Stage 3 Piles ) : 

पायल्सको तेस्रो स्टेज (Stage 3 Piles ) दोस्रो स्टेजको पायल्स को विकसित रुप हो . दोस्रो स्टेजमा पायल्स हुँदा तन्किएको नसा बाहिर निस्कि गएको हुँदैन थ्यो भने अब यो पायल्सको तेस्रो स्टेज (Stage 3 Piles ) हुँदा ति तन्किएको नसा मलद्वारबाट बाहिर निस्किने हुन्छ. जब दिसा गर्न बसिन्छ त्यतिबेला दिसा संगै मलद्वार को मुखमा एक नसा पनि बाहिर निस्कन्छ. तर हातको औलाले ठेलेर मलद्वारबाट भित्र ठेल्दा यो बाहिर निस्किएको नसा सजिल्यै भित्र छिर्दछ र पुन दोस्रो पटक दिसा गर्दा फेरी दिसा संगै उक्त नसा बाहिर निक्सने गर्छ. यो प्रक्रिया बारम्बार हुने गर्छ यो पायल्स चौथो स्टेजमा पुग्न धेरै समय नै लाग्दैन. 

तेस्रो स्टेजको पायल्सलाई औषधिले ठिक हुन निकै गाह्रो पर्न सक्छ. कतिपय अवस्थामा ती तन्किएको नसालाई सुकाउने औषधि सेवन गरी खानामा ध्यान पुर्याउँदा ठिक हुन पनि सक्छ. तर यो स्टेजको पायल्सलाई औषधिले ठिक हुन्छ भन्ने कुनै ग्यारेन्टी हुँदैन. यसको लागि अप्रेसन नै गर्नु पर्ने हुन सक्छ वा रबर ब्याण्ड गरेर यो तेस्रो स्टेजको पायल्सको उपचार गर्नु पर्ने हुन्छ.

पायल्सको चौथो स्टेज (Stage 4 Piles) :

पायल्सको चौथो स्टेज (Stage 4 Piles) भन्नाले पूर्ण रुपमा विकसित भै सकेको पायल्सको अन्तिम स्टेज हो. यो स्टेजको पायल्सको कुनै औषधिले उपचार गर्न सम्भव रहँदैन. यसको लागि अप्रेसन गरेर मात्र यो चौथो स्टेज को (Stage 4 Piles) पायल्सको उपचार गर्नु पर्ने हुन्छ. चौथो स्टेजमा पुगेको पायल्समा दिसा गर्दा वा नगर्दा जतिबेला पनि मलद्वार भित्रबाट तन्किएर नसा निस्किएको हुन्छ. यसलाई हातको औंलाले ठेलेर भित्र पसाउन सकिंदैन. यो स्टेज सम्म पुग्दा अत्याधिक दुखाइ र पोलाई हुने गर्छ. यो स्टेजको पायल्स को रबर ब्याण्ड वा अप्रेसनका अन्य मेडिकल पद्दती अनुसार यसको उपचार गर्नु पर्ने हुन्छ. 

चौथो स्टेजको पायल्सलाई जति सक्दो चाँडो उपचार गरी सक्नु पर्ने हुन्छ. यदि यो स्टेज सम्म पुग्दा पनि उपचार गरिएन भने दिसामा रगत गएर शरीरमा रगतको कमि भै विभीन्न किसिमको रोग उत्पन्न हुने वा ज्यान समेत जान सक्छ. त्यसैले पायल्स भएको पहिलो वा दोस्रो स्टेज सम्ममा थाहा पाउनु अति नै उत्तम हुनेछ. 

पहिलो स्टेजको पायल्स र दोस्रो स्टेजको पायल्स हुँदैमा उपचार गरे औषधिले सजिलै कम खर्चमा उपचार सम्भव हुन सक्छ. तर तेस्रो स्टेज र चौथो स्टेज मा पायल्स पुगे उपचार गर्न धेरै खर्च लाग्ने हुन्छ भने जोखिम पनि धेरै मात्रमा बढ्ने गर्छ.
Our website uses cookies to enhance your experience. Learn More
Accept !