दुध र बेसार को फाइदाहरु (Turmeric Milk Benefits ) बारे जान्नै पर्ने कुरा (भिडियो सहित):
बेसार प्राकृतिक एन्टीबायोटिक र शक्तिशाली आयुर्वेदिक औषधी हो। बेसार विभिन्न देशहरुमा पहेलो रंग को मसलाको रुपमा प्रयोग गरिन्छ। बेसारलाई खाने तरिका जानियो भने बेसारले धेरै रोगहरुको लागि फाइदा पुर्याउँदछ। बेसारमा पाइने विभिन्न तत्व संगै Curcumin (कर्कुमिन) तत्व पनि बेसार मै पाइन्छ।कर्कुमिन (Curcumin)
- एन्टीअक्सिडेन्ट
- एन्टी क्यान्सर
- एन्टी ब्याक्टेरियल
थोरै-थोरै गर्दै, एक चिम्टी जति बेसार तातो दुधमा घोलेर सुनौलो रंगको दुध बनाइ खाने गरेमा धेरै फाइदा पुर्याउँदछ। दुध नहुँदा तातो पानी संग चिया जस्तो बनाएर खाने गर्दा पनि धेरै फाइदा मिल्दछ। दुध शरीरको लागि अमृत समान मानिन्छ र बेसार आयुर्वेदिक औषधी रहेको छ। यी दुवैको मिश्रण नियमित गर्न सक्दा विभिन्न रोगहरु लाग्नबाट बच्न सकिन्छ। दूधमा बेसार मिसाएर पिउनुको फाइदाहरु अनेक छन् जस मध्य के हि चमत्कारी फाइदाहरु यस प्रकार छन्।
दुधमा बेसार मिसाएर पिउनुको चमत्कारी फाइदाहरु
- निन्द्रा नलाग्ने समस्याको सामाधान गर्दछ
- शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँदछ (Immune System Booster)
- रुघा खोकी वा भाइरल संक्रमणको समाधान गर्दछ
- कफ जमेको निकाल्न मद्दत गर्दछ
- जिउमा हुने अनावस्यक दुखाइ कम गर्दछ
- हार्ड जोर्नी दुख्ने समस्या को समाधान गर्दछ
- मुटु रोग को जोखिम कम गर्दछ
- मष्तिस्कको न्युरोनको गतिविधिलाइ थप सक्रिय बनाउँदछ
- बिर्सने समस्या कम गराउदै लैजान मद्दत गर्दछ
- सम्झन सक्ने छ्यमता बढाउँदछ
- मस्तिष्क रोग भएकाहरुलाई अति फाइदा गर्दछ
- कलेजोको कार्य क्षमतालाइ बढाउँदछ
- पाचन क्षमता बढाउँदछ (Digestion improvement)
- ग्यास्टिक को समस्या ठिक गर्दछ
- रगत शुद्दिकरण प्रक्रियामा ठुलो भूमिका निर्वाह गर्दछ
- शरीरमा क्यान्सर बनाउने सेलहरु बढ्न दिंदैन र क्यान्सर सेलहरु नियन्त्रण गर्दछ
- प्रारम्भिक चरणको क्यान्सर नियन्त्रण गर्न मद्दत गर्दछ
- सेतो पानी बग्ने र मासिक धर्म हुँदा पेट बढी दुख्ने समस्याको समाधान गर्दछ
- महिलाहरुको हर्मोन गडबडी हुनबाट बचाउँदछ
- टाउको दुख्ने समस्याको समाधान गर्दछ
दुधमा बेसार कति मिसाउने ?
दुधमा बेसार मिश्रण गर्दा अत्याधिक कम मात्रामा बेसार हाल्नु पर्दछ। एक चिम्टी बेसार भन्दा बढी बेसार खानु ठिक हुँदैन। धेरै बेसार खाएमा फाइदाको ठिक उल्टो नकारात्मक असर पर्न सक्छ। मृगौलामा पत्थरी बनिन सक्छ किनकि बेसारमा Oxalate हुन्छ। Oxalate बाट मृगौलामा पत्थरी बनाउने सम्भावनालाइ बढाउँदछ।कसले दुधमा बेसार मिसाएर पिउनु हुँदैन ?
- जन्डिसको समस्या भएकाहरुले दुध बेसार पिउनु हुँदैन
- पत्थरी भएका मानिसले दुध बेसार पिउनु हुँदैन
- गर्भवती महिला वा स्तन पान गराउने महिलाले दुध बेसार पिउनु हुँदैन
- गर्मिको सिजनमा र गर्मिमा काम गर्नेले दुध बेसार पिउनु हुँदैन। किनकि बेसारले गर्मि गराउँदछ। जाडोको मौसममा उचित हुन्छ।