हेर्नुहोस, यो जीवलाई काट्यो भने त्यहाँ अर्को नया जीव बनिन्छ, कस्तो अचम्मको जीव || Planaria Regeneration in Nepali

Kalpana
के तपाईलाई थाहा छ ? यो संसार मा एक प्लेनेरिया भन्ने यस्तो जिव छ जसको शरीर काटेर दुई टुक्रा बनाउदा पनि पुन जीवित भई पुच्छर पट्टिको भाग र टाउको पट्टि को भाग गरी दुई वटा त्यहि जीवित जीव बन्ने गर्दछ ।

यसको मतलब जब तपाईले एउटा प्लेनेरियालाई विचमा काट्नु हुन्छ, तब यी २ वटा टुक्रा भएको प्लेनेरिया फेरी आफ्नो अंग विकास गरेर २ वटा जीवित प्लेनेरिया बन्ने गर्दछ ।
यो प्रक्रिया हुन को लागि जस्तै आज तपाईले एक प्लेनेरिया लाई काटेर दुई टुक्रा बनाउनु भयो भने अब यसले आज को ७ दिन भित्रमा एक पट्टि काटेको पुच्छर पट्टिको भाग मा नया टाउको पलाउन सुरु हुन्छ र अर्को टाउको पट्टि काटिएको भाग मा फेरी नया पुच्छर पलाउँन् सुरु हुने गर्दछ । यानिकी यसलाई जति पटक काटे पनि यो जीव कहिले मर्दैन र जति टुक्रा बनाई यसलाई काटिने गरिन्छ त्यति नै पटक यसले नया टाउको बनाई नया त्यही जीव को सुरुवात् गर्दछ ।

यसको मतलब काटेको पुच्छर, पुच्छर मात्र नभई यो पुच्छर मा एक पट्टि टाउको पलाउन् सुरु हुन्छ र अर्को पट्टि पुच्छर, फेरी त्यसको पुच्छर लाई काटी दिनु भयो भने फेरी त्यो पुच्छर पट्टि को भाग मा एक पट्टी टाउको र अर्को पट्टि पुच्छर बन्न सुरु हुने गर्दछ ।

यो अनौठो जीव तलको भिडियो मा हेर्न सक्नु हुनेछ ।
Tags
Our website uses cookies to enhance your experience. Learn More
Accept !