मधुमेह कन्ट्रोल गर्ने प्राकृतिक तरिका. Ways to Lower Blood Sugar Levels Naturally

Kalpana
हामीले खाने प्रत्येक खानाबाट पाइने कर्बोहाइड्रेडमा  ग्लुकोजको मात्रा बढी मात्रामा हुन्छ. यसबाट शरीर ले ग्लुकोज प्राप्त गर्दछ  तर उक्त ग्लुकोज खपत हुन नपाए पछि शरीरमा ग्लुकोज मात्र बढी हुन जान्छ. शरीरले ग्लुकोजलाई नियन्त्रणमा राख्न नसके पछि ग्लुकोज अनियन्त्रित भै मधुमेह रोग लाग्दछ।

यसलाई सामान्य तरिकाले बुझ्ने हो भने रगतमा गुलियो पदार्थ बढी हुँदा  शरीरले उक्त गुलियो पदार्थलाइ पचाउन नसकेर मधुमेह (डायबेटिज) रोग हुने हो ।


रगतमा भएको गुलियो पदार्थ (ग्लुकोज) लाई नियन्त्रण गर्ने इन्सुलिन हर्मोन हुन्छ।  इन्सुलिन हर्मोन हाम्रो शरीरको Pancreas ग्रन्थि ले उत्पादन गर्छ।  खाएको खानामा पाइने कार्बोहाइड्रेडबाट ग्लुकोजलाई प्रयोग गरी शरीरमा इनर्जी बढाउँन र धेरै इनर्जी युक्त भए फ्याट (बोसो) बनाएर पछिको प्रयोगको लागि जम्मा गर्ने कार्य इन्सुलिन हर्मोनले  गर्दछ.

यदि शरीरमा pancreas ग्रन्थिबाट इन्सुलिन हर्मोन उत्पादनमा कमि आयो भने शरीरको ग्लुकोजलाई कन्ट्रोल गर्न इन्सुलिन प्रयाप्त हुन सक्दैन र मधुमेह हुने गर्छ.

अन्य विशेष जानकारीहरु पनि पढ्नुहोस् :

मधुमेह कन्ट्रोल गर्ने प्राकृतिक तरिका. Ways to Lower Blood Sugar Levels Naturally

१. दैनिक व्यायाम :

दैनिक व्यायाम गर्ने वा अन्य कुनै पनि शरीरलाइ व्यायाम हुने काम गर्नु पर्दछ। जब दिनहुँ शारीरिक व्यायाम गरिन्छ तब शरीरको तौल घट्न सुरु हुन्छ र इन्सुलिन हर्मोनको उत्पादनमा बृद्दि हुन जान्छ। इन्सुलिनको बृद्दि भए पछि शरीरमा भएको ग्लुकोज  अर्थात् सुगरको खपतमा ब्रिद्दि हुन जान्छ।

यस्तो हुँदा शरीरमा उत्पन्न भएको सुगरलाइ इन्सुलिन हर्मोनले कन्ट्रोल गरी शरीरको सेलहरुले उक्त ग्लुकोज को प्रयोग गर्न सुरु गर्दछ र मधुमेह धेरै हद सम्म कन्ट्रोल गर्न सकिन्छ। सधैं दैनिक बिहान बेलुका राम्रो तरिका ले व्यायाम गरे सुगर पुर्ण रुपमा सधैं को लागि हराएर  पनि जान सक्छ।   व्यायाम गर्ने तरिका धेरै छन जस्तै, विस्तारै विस्तारै गर्दै कुद्ने बानि बसाउने, छिट्टो छिट्टो हिंड्ने, साइकल कुदाउने, नाच्ने, पौडी खेल्न जान्ने ले स्युइमिङ्ग पुल मा पौडी खेल्ने आदि विभिन्न तरिका अनुसार व्यायाम गर्न सकिन्छ।

२.कार्बोहाइड्रेड युक्त खानामा कन्ट्रोल गर्ने:

कार्बोहाइड्रेड मा ग्लुकोज बढी मात्रा मा हुन्छ।  कार्बोहाइड्रेड युक्त खाना खाए पछि यसबाट शरीर मा ग्लुकोज यानिकी सुगर निर्माण हुन्छ।  सुगर लाइ नियन्त्रण गर्दै सेलहरु सम्म पुर्याउने काम इन्सुलिन ले गर्छ तर शरीर मा ग्लुकोज को मात्रा बढी भएमा इन्सुलिन ले ग्लुकोज नियन्त्रण गर्न सक्दैन र ग्लुकोज अनियन्त्रित भै मधुमेह ले साह्रो पार्दै जानेछ। यहि कारण मधुमेह का बिरामी ले चामल को भात, आलु को सब्जी कम खाने गर्नु पर्दछ। किनकि चामल को भात, आलु को सब्जी मा कार्बोहाइड्रेड बढी मात्रा मा पाइन्छ।

३. फाइबर युक्त खाना बढी मात्रामा खाने :

फाइबर युक्त खाने कुरा खाँदा मधुमेह लाइ धेरै हद सम्म कम गर्न सकिन्छ।  फाइबर ले खाएको खाना लाइ ढिलो पाचन गर्न सहयोग गर्दछ यस्तो हुँदा शरीर मा एकै पटक बढी मात्रा मा ग्लुकोज को निर्माण हुन पाउँदैन जसको कारण रगत मा सुगर लेभल बढ्न पाउंदैन र मधुमेह कन्ट्रोल हुने गर्दछ।

मधुमेह का रोगि ले कस्ता किसिमका फाइबर खान बढी उपयोगी हुन्छ? भन्ने बारे पढ्न यहाँ क्लिक गरेर पढ्न सक्नु हुनेछ।

४. तनाब कम गर्ने :

जब हामीमा तनाव बढी हुँदछ तब हाम्रो शरीर मा सुगर को मात्रा बढ्न पुग्छ।  तनाव बढे पछि शरीर मा glucagon र cortisol नामक हर्मोन को बिकास हुन्छ र यसले रगत मा सुगर को मात्रा लाई बढाई दिने गर्दछ।  त्यसैले तनाव कम गर्नको लागि हरेक समय शान्त रहने, meditation गर्ने, व्यायाम गर्ने, आलालम-बिलालम गर्ने गर्नु पर्दछ।  यसो गर्दा तनाव कम हुँदछ जसको फाइदा शरीर मा सुगर घटाउन को लागि मद्धत गर्दछ।

५. निन्द्रा मज्जाले पुग्ने गरी सुत्ने :

पिन्द्रा पुरा हुने गरि सुत्ने गर्दा हाम्रो शरीर को लागि अति नै फाइदा हुँदछ।  निन्द्रा राम्रो संग नपुग्दा रगत मा सुगर को मात्रा बढ्दछ, इन्सुलिन हर्मोन को उत्पादन मा कमि आउँदछ , थकान बढी लाग्ने हुँदछ, र तनाव पनि बढ्ने गर्दछ जसले सुगर को व्यक्ति लाइ अति नै ठुलो असर गर्ने हुन जान्छ।  त्यसैले सुगर को नियन्त्रण को लागि प्रयाप्त मात्रामा निन्द्रा पुर्याउन जरुरी हुन्छ।

६. प्रयाप्त मात्रामा पानी पिउने :

हरेक व्यक्ति ले पानी प्रयाप्त मात्रामा पिउनु पर्दछ।  त्यसमा पनि मधुमेह, मुटु रोग, र मृगौला रोगि ले पानी धेरै पिउन अति नै जुरुरी हुन्छ।  पानी बढी पिउँदा मधुमेह कम हुने गर्दछ।  प्रयाप्त पानी पिउँद यसले रगतमा सुगरको लेवल लाई लिमिट बनाई राख्दछ, जसको कारण ब्लड सुगर बढ्न पाउंदैन।
Our website uses cookies to enhance your experience. Learn More
Accept !