जीवन बदल्न यी कुराहरु छोड्नुहोस Change Your Life

Kalpana
हामि स्वास्थ्य सुधार र जीवन बदल्न को लागि अनेक कार्य गर्दछौं। हामी भन्दछौं कि जीवन बदल्न, जीवन मा खुशी ल्याउन र आनन्दित जीवन बिताउँन यसो गर्नु पर्छ - उसो गर्नु पर्छ जस्ता आदि विविध कुराहरु गर्दछौं । तर के जीवन सुखी र आनन्दित बनाउँन कुनै कुरा छोड्नु पनि भएको छ ?

जीवनमा अनेक कुराहरु हुन्छन। कति कुराहरु जीवनबाट गर्न छोड्नु पर्ने हुन्छ त कति आफ्नो जीवनमा लागु गराउनु पर्ने हुन्छ। तब मात्र जीवनलाइ सफलता र उच्च शिखरमा चढाउँन सकिन्छ।
के जीवन आफैंमा चुनौती पुर्ण छैन र ? कोहि व्यक्तिहरु आफुले गरेको गल्तिलाइ सम्झिदैं, जीवनलाई अझ नकारात्मक मार्ग तिर धकेल्दछन। त कति आफुले गरेको जीवनको गल्तिको पानाहरुलाइ खोजेर जीवन बदल्न कोसिस गर्दछन तर सिर्फ आफ्नो गल्ति खोजेर सुधार्दै मात्र जीवन बदल्न सकिन्न। यो त सिर्फ जीवन बदल्ने एक कल्पना मात्र गर्न सकिन्छ।

जीवन बदल्न र नयाँ जीवन को सुरुवात गर्न हामीले जीवनमा धेरै कुरा गर्नै पर्दैन तर अनेक किसिमका कुराहरु गर्न भने छोड्नु पर्ने चैं हुन्छ। मानिसहरु भन्दछन कि जीवन बदल्न अनेक धेरै कुरा गर्नु पर्दछ तर म भन्छु कि जीवन बदल्न धेरै कुरा होइन, पहिला धेरे कुराहरु गर्न चैं छोड्नु चैं पर्दछ।

जीवन बदल्नको लागि तपाईंले आजै बाट छोड्नु पर्ने १० कुराहरु :

आफुलाई आलाचना गर्न आजैबाट छोड्नुहोस :

हो आफुलाइ आलोचना गर्न आजै बाट छोड्नुहोस। जीवनमा हर कोहि ले गल्ति गर्दछन र जीवनमा पुर्ण र सिद्ध कोहि पनि छैनन। अध्यारोमा बसेर आफुलाई आलोचना गर्नुले कुनै समस्या लाइ समाधान गर्दैन तर उल्टै आफ्नो हृदयलाइ टुक्राउँछ र मन को भवना लाइ निराशा र चोट मा पुर्याउदछ। त्यसैले तपाईंले आफुलाई नराम्रो ठान्न आजै बाट छोड्नु होस्। जब आफुलाई आलोचना गर्न छोडिन्छ त्यसपछि हिम्मत र साहस आउने छ, मन को डर हट्ने छ र आत्मा बल ले जित्ने छ. मानिस को मष्तिस्क ले यसरी कार्य गर्दछ कि जब नराम्रो कार्य गर्न छोडिन्छ तब हाम्रो मस्तिष्क ले राम्रो कार्यमा आफैं मार्ग देखाउन सुरु गर्दछ।

अरुको नकरात्मक विचारलाइ विश्वाश गर्न छोड्नुहोस :

मानिसहरु एक अर्काको बिरुद्द सधैं खराब कुरा बोल्ने गर्दछन। यो मानव सभ्यता को सुरुवात बाटै हुँदै आएको कुरा हो। यदि कसैले तपाईं को बारेमा कुनै नकारात्मक कुरा प्रेम मा वा रिस मा गर्यो भने तपाईं लाइ अवस्य चित्त दुख्छ। यो हुनु स्वभाविक पनि हो। तर तपाईंले कुनै कुरालाइ व्यक्तिगत रुपमा लिन हुँदैन। किनभने नकारात्मक कुरा ले तपाईंलाइ निरास बनाउनेछ।

यदि कसैले तपाईं नराम्रो हुनुन्छ, तपाईं खराब हुनुन्छ, तपाईं मुल्य बिहीन हुनुन्छ भन्दैमा यो कुरा सत्य हुँदैन। किनकि यी कुरा जसले तपाईंलाई भन्दछन त्यो उनीहरुको भावना भित्र मात्र सत्य लाग्दछ र मानवको भावना यस्तो कुरा हो जुन छोटो समय मै परिवर्तन हुँदछ। यो कुरा सधैं ख्याल गर्नुहोस कि जसले अरुको बारेमा मात्र नकारात्मक विचार लाइ देख्दछ ति व्यक्तिहरु नकारात्मक व्यक्तित्वको स्वभाव का हुने सम्भावना बढी हुँदछ र।

तपाईंमा पनि अरु को बारेमा कुरा गर्नु हुन्छ भने आजै बाट छोड्नुहोस किनकि तपाईंले अरुको बारेमा नराम्रो कुरा गर्दा अरुले तपाईंलाइ नराम्रो सोच्दछन, तर तपाईं ले आफ्नै दुस्मन को पनि गुनगान गाउने गर्दा तपाईंलाइ सबैले राम्रो सोच्ने छन् यस्तो हुँदा यसले तपाईंको जीवन बदल्न लाइ ठुलो सहयोग र हिम्मत अनि हौसला मिल्नेछ।

आफु संग नभएको कुराहरुमा केन्द्रित हुन छोड्नुहोस :

कुनै पनि व्यक्ति ले आफ्नो जीवनमा चाहेको सबैकुरा पाउन सक्दैन। आफु संग नभएको कुरामा धेरै केन्द्रित हुनु भनेको समयको बर्बाद गर्नु हो र आफु लाइ पुन निरासा को बाटो मा धकेल्नु हो र जीवन लाइ लोभ र लालच तिर धकेल्नु हो।
आफु संग नभएका कुराहरु सम्झिएर दुखि हुनु भन्दा आफु संग भएको कुरा हरुमा खुसि हुनु होस्। किनकि संसार मा लाखौँ त्यस्ता व्यक्ति छन् जसलाई तपाईंको भन्दा धेरै दुख छ। आफु भन्दा माथिल्लो स्तर को व्यक्तिलाइ हेर्ने गर्दा र उनीहरु संग भएको र आफुमा नभएको कुरा मा ध्यान केन्द्रित हुँन पुग्दा यसले जीवन लाइ निराशा बनाउँदछ। त्यसैले आफु भन्दा माथिल्लो स्तरको व्यक्तिमा आफुलाई जाँच्ने कोसिस नगर्नुहोस किनकि तपाईं लाइ के थाहा?आफू भन्दा मथिल्लो स्तर को व्यक्तिको पनि भित्रि व्यवहार कसरी चलिरहको हुन्छ ? र ति दुखि लाइ हेर्नुहोस जसको के हि छैन तर पनि उनीहरु जीवन मा खुसि साथ मुस्कुराई रहेका छन्।

तपाईं भन्दा धेरै दुखिहरुपनि जीवनमा खुसि छन् भने तपाईं किन दुखि ? आफु लाइ बुझ्नुहोस् र आफु संग भएको कुरामा सन्तुस्टि लिनुहोस। जब आफुमा भएको कुरामा हामी सन्तुस्ट हुन सक्दछौं तब जीवन लोभ र लालच बाट पनि मुक्त बन्दछ र सोच विचार गरेर हरेक कार्य गर्न सकिन्छ जसले जीवन बदल्न ठुलो सहयोग पनि गर्दछ।

आफुलाई सधैं अन्तिम स्टेजमा नराख्नुहोस :

तपाईं किन आफ्नो जीवन लाइ सधैं नोकरी र साथीभाईहरु संग मात्र समय बिताउनु हुन्छ ? पहिला तपाइँ आफ्नो जीवन, आफ्नो महत्व र आफ्नो गन्तव्य लाइ जान्नु होस्। यदि तपाईं सधैं आफुलाईअन्तिम स्टेजमा राख्नु भयो भने आफ्नो जीवन आफ्नै लागि हिंगता बोध हुनेछ।
यसले बढी सोच र चिन्ता उब्जाउने छ त डिप्रेसन को सिकार पनि बनाउन सक्दछ। आफु लाई सधैं अन्तिम स्टेज मा राख्दा आफ्नो हिम्मत टुट्ने छ र सफल हुने मार्गले पनि असलता को मार्ग तिर मोड्ने छ। त्यसैले आफुलाई सधैं उच्च स्थान मा राख्नुहोस र आफ्नो स्वाभिमान लाइ झुक्न नदिनुहोस। यसो गर्दा तपाइमा कुनै कार्य गर्न हौसाला मिल्ने छ र जीवन बदल्न सक्नु हुनेछ।

गलत व्यक्तिहरु संग समय बिताउन छोड्नुहोस :

जसले जस्तो व्यक्ति संग आफ्नो जीवन बिताउँदछ, उ पनि त्यस्तै बन्दछ। यो भनाइ होइन, तथ्य हो। तपाईं गलत व्यक्ति र आफ्नो स्वार्थ हेर्ने व्यक्ति को पछि पर्न आजै बाट छोड्नुहोस, सबैको चित्त बुझाएर जीवन जिउन जीवन को समय छोटो छ। त्यसैले गलत व्यक्ति को संगत आजै बाट छोड्नुहोस र जसले तपाईंलाइ माथि उठाउन सहयोग गर्दछ त्यस्तो व्यक्तिको संगत गर्न थाल्नुहोस।

यो स्वार्थी पन होइन जीवन जीवन जिउने एक कला हो । आफु संगै के हि गर्न सक्ने व्यक्ति खोज्नुहोस् र तपाईं पनि उसलाई साथ् दिनुहोस र उसलाइ पनि तपाइमा सहयोग गर्ने कुरामा मिल्नुहोस र संगै मिलेर समाजलाइ सकारात्मक पक्ष तिर धकेल्नुहोस। तपाई ले सकारात्मक पक्ष तिर अघि बढाउँन कोसिस गर्दा दुनियाँ ले तपाईं लाइ साथ् दिने छन् र त्यसपछि के हि समय भित्र मै तपाइंले जीवनमा सफलता प्राप्त गर्न सुरु गर्नु हुनेछ।

जीवनमा असल साथी, राम्रो किताव र उच्च विचार जीवनको अति मुल्यवान चिज हो। त्यसैले खराब संगत आजै बाट छोड्नु होस्।
Tags
Our website uses cookies to enhance your experience. Learn More
Accept !