उच्च रक्तचाप को घरेलु उपचार : Home Remedies for High Blood Pressure in Nepali

Kalpana
उच्च रक्तचाप हुनु (High Blood Pressure) अतिनै खतरापूर्ण हुन सक्छ । Blood Pressure साधारण रुपमा High हुनु खासै जटिल नभए पनि अति नै अत्यन्तै धेरै Blood Pressure बढ्दा भने यसले ठुलो दुर्घटना निम्त्याउन सक्छ ।
Home Remedies for High Blood Pressure in Nepali

उच्च रक्तचाप (High Blood Pressure) हुँदा मृगौला देखि मुटु र दिमागमा समेत ठूलो असर गराउदछ। त्यसैले यदि कसैको उच्च रक्तचाप (Hypertension) छ भने यी तल बताइको अनुसार उच्च रक्तचाप घटाउन सकिन्छ । 

उच्च रक्तचापको घरेलु उपचार (Home Remedies for High Blood Pressure) :

  1. एक वटा अमला लाई दैनिक खाने गर्दा उच्च रक्तचापलाई पुर्ण रुपमा नियन्त्रण गर्न सकिन्छ ।
  2. हरेक दिन बिहान 2/3 वटा लसुन को काचो केस्रा खाने गरे यसले उच्च रक्तचापलाई नियन्त्रण गर्दछ ।
  3. एक कप पानी मा 2/3 ग्राम जति दालचिनी को धुलो उमालेर एक चम्चा मह मिसाई पिउने गरे उच्च रक्तचाप धेरै हद सम्म कम हुने गर्दछ ।
  4. निम को पात दैनिक 2/3 वटा खाने गरे यसले उच्च रक्तचाप घटाउन मद्दत गर्दछ ।
  5. 2/3 वटा मेवा को चाना दैनिक खाने गर्दा उच्च रक्तचाप घटाउन ठूलो सहयोग गर्दछ ।
  6. 12 वटा निम को पात र 6/7 वटा तुलसी को पात मिसाइ पिसेर आधा कप पानी मा मिसाइ दैनिक बिहान खाली पेट मा पिउने गरे उच्च रक्तचाप पुर्ण रुपमा अन्त्य गर्न सकिन्छ ।
  7. पालक को साग र गाजर को जुस बनाई 1-1 गिलास दैनिक पिउने गरे उच्च रक्तचाप धेरै हद सम्म कम गर्न सकिन्छ ।
  8. 5/7 ग्राम जति थोरै तृफला को चुर्ण यनिकी हर्रो, बर्रो , अमला पिसेर यसको रस आधाकप तातो पानी सङ्ग घोलेर दैनिक सुत्नु अघि खाने गरे उच्च रक्तचाप घटाउन धेरै हद सम्म नियन्त्रण मा आउने छ ।
Our website uses cookies to enhance your experience. Learn More
Accept !