कलेजोमा बोसो : फ्याटी लिभरको लक्षणहरु Fatty Liver Symptoms in Nepali

Kalpana
Fatty Liver Symptoms in Nepali
(toc)

फ्याटी लिभर (Fatty Liver ) प्राय हर कोहीमा हुने एक आम समस्या हो । सामान्य तया हरकोही ब्यक्तिको कलेजोमा थोरै मात्रामा फ्याट (बोसो) हुने नै गर्दछ

तर यदि सामान्य भन्दा बढी कलेजोमा बोसो जम्मा भयो भने फ्याटी लिभर रोग हुँदछ । फ्याटी लिभर हुनुको अर्थ कलेजोमा बोसो निर्माण बृद्दि हुनु हो ।

उमेर बढी भएका वा शरीरमा फ्याट (बोसो) को मात्रा बढेर मोटो भएकाहरुमा वा अल्कोहल बढी पिउने वा कुनै रोगको औषधी लामो समय सम्म खाई रहेकाहरुमा यो समस्या बढी मात्रामा हुने गर्दछ । सामान्य ब्यक्तिमा पनि फ्याटी लिभर रोग हुने सम्भावना हुँदछ।

नर्मल फ्याटी लिभरले कुनै असर गर्दैन तर यसको हेलचक्राई गरेमा भने यसले लिभर यानिकी कलेजोलाई ड्यामेज पनि गर्न सक्दछ । फ्याटी लिभरलाई मेडिकल चेकअप अनुसार पहिलो, दोस्रो, तेस्रो गर्दै स्थिति अनुसार दर्जा (Grade) मा राखिन्छ ।

पहिलो दर्जा को फ्याटी लिभर प्राय हरेक ब्यक्तीमा हुन सक्छ । तर फ्याटी लिभर बढ्दै गए यसको दर्जा पनि दोस्रो, तेस्रो गर्दै बढ्दै जान्छ यसरी दर्जा बढ्दै गएमा भने कलेजोलाई ड्यामेज गरी मृत्यु सम्म हुन सक्दछ ।

Types of Fatty Liver:

  1. Alcoholic fatty liver
  2. Non Alcoholic fatty liver

Alcoholic fatty liver :

हरेक दिन आवस्यक भन्दा बढी अल्कोहल सेवन गर्दा कलेजोमा बोसो को निर्माणमा बृद्दि हुँदछ । जसलाई अल्कोहलिक फ्याटी लिभर भनिन्छ । यो अल्कोहल सेवन गर्न छोड्ने बितिक्कै फैटी लिभरको समस्या आफैं हटेर जान सुरू हुन्छ । यस्ता किसिमका फ्याटी लिभर भएकाले अल्कोहल पटक्कै पिउनु हुँदैन । यदि अल्कोहल पिउन नछोडे चाडैं कलेजो ड्यामेज भै मृत्यु समेत हुन सक्दछ ।

Non Alcoholic Fatty Liver :

यो समस्या अल्कोहल सेवन नगर्नेहरुमा हुने रोग हो । यो अल्कोहल नपिउनेहरुमा हुने फ्याटी लिभर, अल्कोहल पिएर हुने फ्याटी लिभर भन्दा धेरै खतरनाक फैटी लिभर हो । किनकी अल्कोहल को कारण हुने फ्याटी लिभर अल्कोहल पिउन छोडने बितिकै ठिक हुन सुरू हुनेछ ।

तर अल्कोहल को कारण बिना हुने फ्याटी लिभर शरीरमा भएको गड्बड को कारण बोसो बढेर हुने फ्याटी लिभर हो । यसको उपचार को लागी खानपान र दैनिक जीवनशैली परिवर्तन र दैनिक व्यायाम गनुपर्ने हुन्छ ।

स्मरण रहोस फ्याटी लिभरको हाल सम्म कुनै औषधी छैन त्यसैले यसको उपचार दैनिक गर्ने कृयाकलाप र खानपानमा सुधार गरी उपचार गर्नु पर्ने हुन्छ । किनकी फ्याटी लिभर हुनुको कारण नै कलेजोमा बोसो जम्मा हुनु हो । त्यसैले दैनिक कृयाकलाप र खानपानलाई सुधार गरी शरीरमा बोसो निर्माण हुने प्रक्रियालाई तरन्तै कमी ल्याउनु पर्दछ ।

Fatty Liver Symptoms in Nepali:

स्मरण रहोस फ्याटी लिभरको कुनै लक्षणहरु प्राय कहिल्यै देखिंदैन यदि देखिएमा पनि यस्ता किसिमका लक्षणहरु देखा पर्न सक्छन ।

  • केही नखादा पनि पेट अघाएको जस्तो मात्र महसुस भै रहने र के ही खान मन नलाग्ने
  • पेट को दाहिने साइड को माथिल्लो भागमा दुखाई हुनु
  • कमजोर हुनु
  • जन्डिस हुनु
  • आकास्माक तौल घट्नु
  • पेट वा खुट्टा सुन्निनु
  • सोचाई मा कन्फुजन बढनु
  • बिना कारण सधैँ थकित महसुस हुनु आदि ।
Read More:
Our website uses cookies to enhance your experience. Learn More
Accept !