आँखा तेजिलो बनाउन के गर्नु पर्छ ? आँखा रोग, Eye Disease in Nepali

आँखा तेजिलो बनाउन के गर्नु पर्छ ? आँखा रोग, Eye Disease in Nepali




आँखा: जब शरीर मा विभिन्न कमी कमजोरीहरु आउने गर्दछन, भिटामिन या अन्य कुनै कारण ले आँखाको ज्योति कम्जोर हुन सुरु हुन्छ तब हामिले धमिलो देख्ने, नजिकै को वस्तु पनि राम्रो संग ठम्याउन नसक्ने, आँखाबाट आशु बगी रहने आदि जस्ता विभिन्न आँखा सम्बन्धि समस्याहरु आउने गर्दछन् जसलाई आँखाको कमजोरी हुनु भनिन्छ ।
आँखालाई तेजिलो बनाउनु तपाई हामि सबैले जरुरी छ ।  आँखा कमजोरी भएका वा नभएका जो कोहिले पनि ध्यान दिन सके यो समस्या आउनबाट जोगिन वा छुटकारा पाउन सकिन्छ ।

आँखा तेजिलो बनाउन के गर्नु पर्छ ?

सितमा खालि खुट्टा हिड्ने :

हरेक दिन बिहान सुर्य उदाउनु भन्दा पहिला नरम हरियो दुबोको सितमा खालि खुट्टा हिड्ने गर्नुहोस ।

आँखा सफा गर्ने :

हरेक दिन पानी तताएर सफा भाँडोमा राखी सेलाउनु होस् र उक्त पानी ले आँखा सफा गर्नुहोस । यसो गर्दा आँखाको फोहोर सफा भै आँखा सम्बन्धि रोग लाग्नबाट बच्न  सकिन्छ ।

गाँजर को जुस पिउने :

सकिन्छ भने हरेक दिन बिहान र बेलुका २ पटक गरी गाजर को रस वा जुस बनाइ पिउने गर्नुहोस ।

कागती पानी पिउने :

एउटा कागतीलाई एक गिलास पानी मा मिसाउनु होस् र हरेक दिन बिहान पीउने गर्नुहोस ।

हरियो सागपातमा फोकस गर्ने :

दिन खाना खाँदा खाना संग हरियो सागपात लाई सलाद बनाएर खाने बानी गर्नुहोस ।




DISCLAIMER: "नेपाली हेल्थ मीडिया डट कम" अनलाईन वेबसाइटमा प्रकाशन गरिएको आर्टिकलहरु केवल सूचना र सामान्य जानकारीको उद्देश्यको लागि मात्र हो. यो कसैको व्यक्तिगत परिस्थिति, पेशेवर चिकित्सा, निदान वा उपचारको विकल्पको लागि होइन. Read More...