जाडो मा पिसाव बढी लाग्ने र गर्मि मा पसिना आउने किन हुन्छ ?

जाडो मा पिसाव बढी लाग्ने र गर्मि मा पसिना आउने किन हुन्छ ?




हाम्रो शरीरको तापक्रम ३७ डिग्री सेल्सियस यानिकि ९८.६ डिग्री फारेनहाइट रहेको हुन्छ । चाहे गर्मि को मौसम होस् या जाडो को मौसम होस् तर हाम्रो शरीर को यो तापक्रम भने सधैँ एकैनासमा रहेको हुन्छ ।

जाडो को मौसम मा बाहिरि वातावरण को तापक्रम घटेको हुन्छ र गर्मि को मौसममा  बाहिरी वातावरण कै मात्र तापक्रम बढेको हुन्छ तर हाम्रो शरीर को तापक्रम भने सधैं एकै समान रहेको हुन्छ। 

हाम्रो शरीर को तापक्रम सधैं एकै समान बनाउन को लागि हाम्रो शरीर मा विभिन्न ग्रन्थीहरु हुन्छन ।  यदि कुनै कारण बस हाम्रो शरीर को तापक्रम घटबढ भएमा हामि बिरामी भएको  हुनेछौं किनकि हाम्रो शरीर को तापक्रम बढ्यो भने ज्वरो (Fever) आउने हुन्छ भने घट्यो भने हाइपोथर्मिया (Hypothermia) हुने गर्दछ ।

गर्मीको समय मा शरीर मा पसिना आउनु र जाडो मा पसिना नआउनु को मुख्य कारण बाहिरि वातावरण मा भएको तापक्रम को बदलाव वा परिवर्तन हो।

जब बाहिरि वातावरणमा तापक्रम बढ्दछ तब उक्त बाहिरी  तापक्रम ले हाम्रो शरीर को तापक्रमलाई बढाउँन कोसिस गर्दछ यो बेला हाम्रो शरीर मा भएको  तापक्रम सन्तुलन राख्ने ग्रन्थीहरुले हाम्रो  शरीरको तापक्रम सन्तुलन बनाउन को निमित्त शरीर भित्र भएको पानी लाई छालाबाट अटोमेटिक बाहिर फ्याक्दछ।  जसलाई हामि पसिना भन्दछौं ।




Read More:







त्यसैगरी जब जाडो को मौसम हुन्छ त्यति बेला बाहिरि वातावारण को तापक्रम अतिनै कम हुन्छ जतिबेला बाहिरि वातावरण को चिसो यानिकी कम तापक्रम  ले हाम्रो शरीरलाई पनि चिसो बनाउन कोसिस गर्दछ यानिकी हाम्रो शरीर को तापक्रम घटाउन प्रयास गर्दछ तर हाम्रो शरीर भित्र भएको ताप्रक्रम सन्तुलन राख्ने ग्रन्थी ले प्रसिना का ग्रन्थीहरुलाई निस्क्रिय बनाइ राख्दछ र यसरी शरीरको पसिना आउने  ग्रन्थीहरु निस्क्रिय हुदा पसिना को  सट्टा शरीर को पानी लाई पिसाव मार्फत फ्याक्दछ यो कारण जाडो मा पिसाव बढी लाग्दछ ।

यहि कारण गर्मीको मौसममा पसिना आउने र जाडो को मौसम मा बढी पिसाव लाग्ने गर्दछ ।




DISCLAIMER: "नेपाली हेल्थ मीडिया डट कम" अनलाईन वेबसाइटमा प्रकाशन गरिएको आर्टिकलहरु केवल सूचना र सामान्य जानकारीको उद्देश्यको लागि मात्र हो. यो कसैको व्यक्तिगत परिस्थिति, पेशेवर चिकित्सा, निदान वा उपचारको विकल्पको लागि होइन. Read More...